STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘लाज शरणम्’ले पायो सेन्सर पास, फागुन १४ गतेबाट प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १३, मंगलबार

काठमाडौं - नेपाली चलचित्र ‘लाज शरणम्’ले केन्द्रीय चलचित्र जाँच पास समितिबाट सेन्सर पास पाएको छ । समितिबाट नेपालभर प्रदर्शन गर्न पाउने गरी स्वीकृति पाएको छ । 

चलचित्रविरुद्ध परेको रिटमाथि अन्तरिम आदेश दिँदै उच्च अदालत पाटनले सेन्सर बोर्डबाट सेन्सर पास नभएसम्म प्रचारप्रसार रोक्न भनेको थियो ।

चलचित्र ‘लाज शरणम्’ले फागुन १४ गतेका लागि रिलिज मिति लिएको छ । 

सेन्सर पास भएसँगै चलचित्रलाई प्रदर्शनको बाटो खुलेको छ ।

Categorized in सिनेमा