STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘लापसे’ जाँच्न ‘किट’ को अभाव

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १, बुधबार

जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन लापसे जाँचको योजना छ तर, लापसे गरे÷नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन । प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार एउटै ‘किट’ को मूल्य रु ५०० सम्म पर्छ । “किटको मूल्य महँगो छ, प्रहरीसँग आर्थिक स्रोत छैन”, उहाँले भन्नुभयो, “स्थानीय तह या अन्य कुनै निकायको सहयोग चाहिन्छ ।” ‘टेस्ट किट’ को प्रयोगले सजिलै लागुऔषध प्रयोगकर्ताको पहिचान हुने उहाँको भनाइ छ । गर्भ परीक्षणको जस्तै देखिने ‘किट’ मा पिसाब राख्दा लागुऔषध प्रयोग गरेको भए ‘पोजेटिभ’ र नभए ‘नेगेटिभ’ देखाउँछ । लागुपदार्थ सेवन गरेर सवारी चलाउने क्रम बढेपछि प्रहरीले लापसे जाँचको योजना ल्याएको हो । “मुखमा कुनै गन्ध नआउने तर शरीर हेर्दा लठ्ठिएको देखिन्छ”, प्रहरी उपरीक्षक भट्टले भन्नुभयो, “किट प्रविधिले लागुपदार्थ प्रयोगकर्ता छुट्टिन्छ ।” गाँजादेखि अन्य जुनसुकै लागुपदार्थ सेवन गरेको भए पनि परीक्षणमा खुल्ने उहाँको भनाइ छ । सवारी चालकलाई मात्र नभएर दुव्र्यसनीमा परेका जोसुकैको पहिचानका लागि ‘टेस्ट किट’ उपयोगी हुने देखिन्छ । कतिपय जिल्लामा स्थानीय तहले नै लापसे जाँच्न ‘टेस्ट किट’ भित्र्याएका छन् । छ महीनाअघि लागुऔषध सेवन गरेको भए पनि ‘टेस्ट किट’ मा देखिने स्वास्थ्यकर्मी बताउँछन् । ‘किट’ को माध्यमबाट विद्यार्थी, युवालगायत प्रभावित क्षेत्रका मानिसमा ‘लापसे’ जाँच्न सकिने प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । बागलुङ पनि लागुऔषध दुव्र्यसनीको मारमा छ । शहरी क्षेत्र हुँदै गाउँघरमा समेत लागुऔषध प्रयोगकर्ता बढेका छन् । अधिकांश युवापुस्तामा लागुऔषध दुव्र्यसनीको समस्या छ । साथीको लहैलहै र रमाइलोका नाममा दुव्र्यसनीमा फस्ने बढी छन् । प्रहरीले लागुऔषध विरुद्ध अभियान नै थालेको छ । अभिभावक सचेतनाका लागि घरदैलोदेखि दुव्र्यसनीमा फसेका युवालाई पुनःस्थापना गृहमा पठाउनेसम्मको काम प्रहरीले गरेको छ । विद्यालय, क्याम्पस र समुदायस्तरमा पनि लागुऔषधविरुद्ध सचेतना जगाउन अभियान चलाइएको प्रहरीले जनाएको छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले दुव्र्यसनी नियन्त्रणका लागि प्रहरीसँग साझेदारीमा काम गरिने बताउनुभयो । “विकृति, विसङ्गति अन्त्यको विषय बजेट÷कार्यक्रमले पनि समेटेको छ”, उहाँले भन्नुभयो, “प्रहरीसँग मिलेर काम गछौँ, ‘किट’ खरिद लगायतमा सहयोग गर्न नगरपालिका तयार छ ।” आउँदो आर्थिक वर्षबाट लागुऔषध नियन्त्रणसँगै समाज सुधारका क्षेत्रमा योजनावद्ध काम हुने उहाँको भनाइ छ । प्रहरीले केही वर्षअघि चलाएको मादक पदार्थ सेवन ९मापसे० जाँचको अभियान निकै चर्चित बनेको थियो । मापसे जाँच हुन थालेपछि दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुगेको प्रहरीको भनाइ छ । अहिले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको सङ्ख्या घटेको छ । शुरुमा रु एक हजार जरिवाना, सवारी चालक अनुमतिपत्रमा प्वाल पार्ने र ट्राफिक शिक्षा दिने गरेको प्रहरीले अहिले मापसे गरेर सवारी चलाएमा एक रात हिरासतमासमेत राख्ने गरेको छ । ‘मापसे’ मा झैँ ‘लापसे’ मा कडाइ गरेमा लागुऔषध दुव्र्यसनी रोक्न सकिने प्रहरीको विश्वास छ ।
Categorized in अपराध-दुर्घटना