‘शान्ति’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८० आषाढ २४, आइतबार
श्रीकृष्ण भारतीको निर्माणमा बनेको ‘शान्ति’ नामक म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । यो भिडियो रहर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
शनिवार दहचोकमा अायोजित एक कार्यक्रम माझ चर्चित कलाकार दिपकराज गिरी एवं बरिष्ठ लोक सर्जक कृष्ण बस्नेतले संयुक्त रुपमा यो भिडियो सार्वजनिक गरेका हुन् ।
उक्त म्युजिक भिडियोको निर्देशन अंकित रोक्काले गरेका छन् । गीतको संगीत एवं शब्द रचना पनि निर्माता भारतीकै रहेको छ भने यो ‘शान्ति’ म्युजिक भिडियोमा शुष्मा विशंखेको गायन रहेको छ । गीतको भिडियोमा सबिना गोपाली र अंकित रोक्काले अभिनय गरेका छन् । छायाँकन तथा सम्पादन अनुज सुनारको रहेको छ ।
Categorized in साहित्य-कला

