‘सत्तामा पुगेपछि विचलित हुने विश्व कम्युनिष्ट इतिहास’
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ९, शुक्रबार
विश्वको कम्युनिष्ट इतिहासमा सत्तामा पुगेपछि आफूले आफँैलाई सिध्याएको उदाहरण धेरै रहेको स्मरण गर्दै अध्यक्ष दाहालले देशको विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै, गल्तीकमजोरीलाई सच्याउने, त्यस्तो गर्नेलाई कारवाही गर्ने, पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको सम्बन्धलाई बलियो बनाउने तथा राम्रा काम गर्नेतिर उद्दत हँुदै पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । जनतालाई सामान्य राजनीतिमा लाग्ने छुटसमेत नभएको राणादेखि सामन्ती वर्गविरुद्ध लाग्दै पुष्पलालसँग नेकपा स्थापनामा लाग्ने जोशीको स्मृतिमा भवन निर्माण हुन लाग्नु ठूलो विषय भएको उहाँको भनाइ थियो । [/caption]
नारायणविलास प्रतिष्ठान भवनका लागि प्रदेश सहयोग
उक्त भवनका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक रकम र अन्य सहयोगका लागि आपूmले पहल गर्ने बताउँदै उहाँले प्रदेश सरकारका तर्फबाट न्यूनतम रु ५० लाख सहयोग दिने प्रतिबद्धता आए पनि अझै रकम थप गर्ने र स्थानीय सरकारले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य एवं प्रतिष्ठानका अध्यक्ष डा राजेन्द्रमान श्रेष्ठले कम्युनिष्ट पार्टीका संस्थापक नेता जोशीको त्याग र योगदानको सम्मान गर्न उहाँका स्मृतिमा छिट्टै भवन निर्माण गरिने बताउनुभयो । मध्यपुरथिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रतिष्ठान भवन निर्माणमा नगरपालिकाले सहयोग गरिने आश्वासन दिँदै शङ्खधर उद्यान निर्माणदेखि यहाँँका सास्ंकृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षणमा नगरपालिका क्रियाशील रहेको भनाइ राख्नुभयो । जनआदर्श क्याम्पसका प्रमुख दुर्गामोहन श्रेष्ठले क्याम्पस परिसरमा निर्माण हुन लागेको नेता जोशीको स्मृति प्रतिष्ठानको महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, वाग्मती प्रदेशसभा सदस्य शशीजङ्ग थापालगायत नेता एवं जनप्रतिनिधिको सहभागिता थियो ।
Categorized in राष्ट्रिय


