STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘सबै दलबीच मेलमिलाप आवश्यक’

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ६, सोमबार

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । “मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उहाँको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उहाँले भन्नुभयो । जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले व्यास नगरपालिका–५ मा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले शोषित पीडित जनताको मात्र नभई समग्र राष्ट्रको हितका लागि पनि बिपी कोइरालाको विचार आज पनि सान्दर्भिक रहेको बताउनुभएको छ । नेता भण्डारीले दुई तिहाइ बुहमतको सरकारलाई असफल हुने छुट नरहेको भन्दै वर्तमान सरकार असफल भए लोकतन्त्रमाथि प्रहार हुने बताउनुभयो । सरकारले जनअपेक्षाअनुसार काम गर्दै जानुपर्ने नेता भण्डारीको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपा का जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देलले राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका निम्ति सङ्घर्ष गर्ने बिपीको विचार आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । सिग्देलले राष्ट्रियता संरक्षणमा बिपीको भूमिका अतुलनीय रहेकाले उहाँको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेस तनहुँका पूर्वसभापति धु्रव वाग्लेले मुलुकको स्वार्थका निम्ति सधैँ लागिरहनुभएका बिपीको विचार आज पनि सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले बिपीबाट पाठ सिकेर अहिलेका राजनीतिक दल अघि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । वडा कार्यालयसँगको समन्वय र सहकार्यमा बिरुवाको संरक्षण गरिने काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी दिनुभयो ।
Categorized in राजनीति