STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘सिन्धु सहयोग कोष’ का चलचित्रकर्मिहरुले बाइसलाख संकलन गरे

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ११, शुक्रबार

सिन्धुपालचोकको हेलम्बुदेखि मेलम्चीसम्म बाढीपहिरोका कारण गत साता घर गुमाएकालाई नेपाली कलाकारले घर बनाउने अभियानका लागि आर्थिक सहयोग सुरु गरेका छन् ।

अभिनेता कृष्ण मल्लको संयोजकत्वमा बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आर्थिक सहयोग घोषणा गरियो । सो कार्यक्रममा विभिन्न कलाकाले आफ्नो तर्फबाट बाढी पीडितका लागि घर निर्माण गर्न आर्थिक सहयोग घोषणा गरे ।

गत असार १ गते आएको बाढी–पहिरोबाट सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा ईन्द्रावतीमा भएको प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले सिन्धु सहयोग कोष स्थापना गरेका छन् ।

बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त कोष स्थापना भएको औपचारिक घोषणा गरिएको छ ।

कलाकर्मीहरुद्वारा सञ्चालित उक्त कोषमा कोष स्थापना भएकै दिन करिब २२ लाख रुपिंया कलाकारबाटै जम्मा भएको अभिनेता तथा उक्त कोषका कोषाध्यक्ष जीतु नेपालले जानकारी दिएका छन् ।

अभिनेता नेपालले फेसबुकमा एउटा स्टाटस लेख्दै दीर्घकालिन सोचका साथ सम्पूर्ण कलाकर्मीहरुको एकता भएको बताउँदै  मेलम्चीको पानी खानेहरुले सिन्धुलाई मल्हम लगाउने प्रयास गरिरहेको कुरा बताएका छन् भने उनले उक्त कोषमा स्वतःस्फूर्त सहयोगका लागि सबैमा अपील समेत गरेका छन् ।

बिहीबार स्थापना भएको  उक्त कोषका संयोजकमा अभिनेता कृष्ण मल्ल रहेका छन् भने अभिनेत्री करिश्मा मानन्धर सह–संयोजक रहेकी छिन् ।

 

कोषको सदस्य सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जीतु नेपाल, सहकोषाध्यक्षमा चेतन सापकोटा तथा सदस्यहरुमा अभिनेती श्वेता खड्का, गायिका सुनिता दुलाल, अभिनेत्री पूजा शर्मा तथा अभिनेता भुवन केसी रहेका छन् ।

सो कार्यक्रममा करिश्मा मानन्धरले एक लाख, नेपाल फिल्म सोसाइटीका तर्फबाट कृष्ण मल्लले एक लाख एक हजार, कृष्ण ढुंगानाले ५० हजार ५ सय ५५ रुपैयाँ, जीतु नेपालले ५१ हजार, संगीतकार चेतन सापकोटाले ५० हजार, नेपाल चलचित्र कलाकार संघले ५१ हजार, निर्माता तथा वितरक गोपालकाजी कायस्थले २५ हजार, नेपाल चलचित्र निर्देशक समाजका तर्फबाट महासचिव जनकदीप पराजुलीले एक लाख एक हजार, किरण केसी तथा राज केसी ग्रुपबाट २ लाख ५३ हजार, सुभाष खड्काबाट एक लाख, अभिनेता भुवन केसीबाट एक लाख, सुरेन्द्र केसीबाट २५ हजार, नेपाल चलचित्र द्वन्द्व कलाकार संघका नारायण प्रधानबाट २५ हजार, अभिनेती तथा निर्देशक दीपाश्री निरौलाले एक लाख एक हजार, शिवहरी नेपाल बैरागीले २५ हजार ५ सय २५, ईन्द्र दोङ खम्बेले ७५ हजार, मदनदास श्रेष्ठले ५१ हजार तथा घर निर्माणका लागि  राष्ट्रिय जेष्ठ नागरिक महासंघबाट   ५ लाख रुपिंया  , सोभित उप्रेतीले २ लाख ५१ हजार, चलचित्रकर्मी मदुकुमार श्रेष्ठले ५१ हजार, नेपाल चलचित्र नृत्य संघले २५ हजार, गायिका सुनिता दुलालले ५१ हजार ५ सय ५५ तथा समाजसेवी अनु उर्मिला शेरचनले १० हजार रुपैयाँ उक्त कोषलाई हस्तान्तरण गरिएको छ ।

Categorized in सिनेमा