STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र ९, बिहिबार

हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’ गीत एक जमानामा असाध्यै लोकप्रिय भएको थियो भने सो गीत को सिक्वेल आउने भएको छ । झण्डै १४ वर्षअघिको फिल्म  लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो ।

शंकर अधिकारी ‘घायल’को शब्द रचना रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका थिए । 

सोही गीतको सिक्वेलका रुपमा ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ रेकर्ड भएको कुराको  गीतकार शंकरले  जानकारी दिए । 

बिहीवार मात्रै दिपक लिम्बु र नित्याशिवाको स्वरमा यो गीत रेकर्ड भएको रेकर्ड भएको गीतका शब्द शंकरले कोरेका हुन् भने संगीत  बाबुल गिरीको रहेको छ ।  ​

शंकरको शब्द, बाबुलको संगीत र स्वर रहेको फिल्मी गीत ‘सिरुपाते जुँगामा’ यतिबेला चर्चामा छ । उक्त गीत हिट भएसँगै उनीहरूबीच पुन: साङ्गीतिक सहकार्य भएको हो ।

‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल गीत फिल्ममा भने समावेश नहुने गीतकार शंकरले बताए । 

‘फिल्मका लागि मागिएको त छ । तर यो गीत एल्बमका लागि भनेर रेकर्ड गरेका हौं’ उनले ‘गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गर्नेछ ।’ भनेर भनेका छन् ।

‘सिम्पल सिम्पल कान्छीको’ त्यसबेला निकै रुचाइएको स्मरण गर्दै उनले सिक्वेललाई पनि स्रोता दर्शकले रुचाउने  खालको बनाउने प्रयास रहने बताए ।

‘त्यसबेला अहिलेजस्तो युट्युबको जमाना थिएन् । रेडियोमा बजेको भरमा गीत हिट भएको सम्झना छ’ शंकरले भने, ‘आज रेकर्ड भएको यसको सिक्वेल गायक/गायिकाले राम्रो गाउनुभएको छ । राम्रो बन्ने विश्वास छ ।’

भिडियो तयार भएर एक महिनाभित्रमा गीत सार्वजनिक हुने बताइएको छ । गायक दिपक लिम्बुले आफ्नो हिट गीतको सिक्वेलमा स्वर दिन पाउँदा खुशी लागेको र गीत पनि राम्रो रहेको बताए ।

Categorized in साहित्य-कला