STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

“अब म नेपालभाषालाई लिएर चिन्ता बोकी मर्नु पर्ने छैन” : नेवाः अगुवा एवं नेपालभाषा एकेदेमिका भाइस चान्सलर मल्ल के सुन्दर

Janjati Khabar – ललेन्द्र शाक्य | २०८१ आषाढ ७, शुक्रबार

सार्वजनिक भो नेपाललिपि ट्युटोरियल तथा नेपालभाषा डिक्सनरी एप

“भाषानिभाः प्रेमबहादुर कसाः ले त्यो बले मलाई भन्नुभएको थियो कि, म मरेपछि आशा सफू कुथि, च्वसा पासा रही रहन्छ त ? भनी चिन्ता व्यक्त गर्नुभएको थियो । शताब्दी पुरुष सत्यमोहन जोशीले पनि मलाई भन्नु भएको थियो कि, म रहेन भने लोकसाहित्य परिषद् ज्यूदो भइरहन्छ त ? भन्दै चिन्ता प्रकट गर्नुभएको थियो । त्यो बेलाका थुप्रै भाषा अभियन्ताहरुले यसरी नै चिन्ता व्यक्त गरेका छन् कि नेपालभाषा जगेर्णा गर्ने विषयमा  ।  तर, आज अहिलेका नयाँपुस्ताहरु अगाडि बढिरहेका छन् । युवा पुस्ताहरुको प्रयासबाट नेपाललिपि ट्युटोरियल एवं नेपालभाषा एप्सको विकास गर्नुभएको छ । नेपालभाषा जुगौंजुगसम्म रही रहन्छ भन्ने विषयमा म ढुक्क भएको छु । त्यसैले अब म नेपालभाषालाई लिएर चिन्ता बोकी मर्नु पर्ने छैन ।”

यो विचार नेवाः अगुवा एवं नेपालभाषा एकेदेमिका भाइस चान्सलर मल्ल के सुन्दरले नेपाललिपि ट्युटोरियल तथा नेपालभाषा डिक्सनरी एप सार्वजनिकीकरण कार्यक्रममा व्यक्त गर्नुभएको थियो ।

नेपाल लिपि गुथिको ४४ औं जन्मजयन्तीको अवसरमा नेपालभाषा डिजिटाइजेशनमा नयाँ पाइलाको रुपमा नेपाललिपि ट्युटोरियल एवं नेपालभाषा डिक्सनरी एपको सार्वजनिक भएको छ ।

नेपालभाषा जगतमा भाषा लिपि कला संस्कृति, साहित्यको उत्थानकोनिम्ति सक्रिय संस्था दबुलीकोप्रयासमा नेपाललिपि ट्युटोरियल एवं नेपालभाषा डिक्सनरी एपको सार्वजनिक भएको हो भने उक्त एप सार्वजनिकीकरण कार्यक्रम बिहिबार काठमाडौंस्थित रविभवनमा रहेको होटल क्राउन इम्पेरियलमा एक विशेष कार्यक्रम गर्दै भएको थियो ।

काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा उक्त नेपाललिपि ट्युटोरियल एवं नेपालभाषा डिक्सनरी एप सार्वजनिक भएको थियो भने नेपाललिपि ट्युटोरियल तथा नेपालभाषा डिक्सनरी एप सार्वजनिकीकरण कार्यक्रम काठमाडौं महानगरपालिकासंगै नेपाल लिपि गुथि र दबुलीको संयुक्त आयोजनामा भएको थियो ।

उक्त एप सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाषालिपि अभियन्ता एवं काठमाडौं महानगरपालिकाकी हालका कार्यबाहक प्रमुख सुनिता डंगोल उपस्थित हुनुभएको थियो भने नेपाल लिपि गुथिका अध्यक्ष अनिल स्थापितको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा दबुलीका अध्यक्ष सन्तोषराम प्रजापति,  नेपालभाषा एकेदेमिका भाइस चान्सलर नेवाः अगुवा मल्ल के सुन्दर, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागका प्रमुख सह प्राध्यापक डा. राजनलाल जोशी, नेपालभाषा मंकाः खलःका रमेशमान पिया, आईटी विज्ञ एलेन बैलोचन तुलाधर, भाषा आयोगया सदस्य सुरेश किरण मानन्धरको उपस्थित भएका थिए ।

नेपाललिपि ट्युटोरियल एवं नेपालभाषा डिक्सनरी एप सार्वजनिकीकरण कार्यक्रममा नेपाल लिपि गुथिका सचिव प्रमिला ताम्राकारले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा नेपाललिपि ट्युटोरियल भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले सार्वजनिक गर्नुभएको थियो भने नेपालभाषा डिक्सनरी एप्सको नेपालभाषा एकेदेमिका भाइस चान्सलर मल्ल केसुन्दरले सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा हाल अमेरिकामा रहनुभएका नेपालभाषा डिक्सनरी एपका प्रोजेक्ट प्रमुख डा. सुभाषराम प्रजापतिले भिडियो सन्देशमार्फत् नेपालभाषा डिक्सनरी एप्सको विषयमा जानकारी दिनुभएको थियो । यही क्रममा, कार्यक्रममा आईटी विज्ञ एलेन बैलोचन तुलाधरले नेपाललिपि ट्युटोरियल एवं नेपालभाषा एप्स निर्माणको क्रममा भएका विभिन्न गतिविधि तथा प्रयासका विषयमा जानकारी दिनुभएको थियो भने नेवाः अगुवा नेपालभाषा एकेदेमिका भाइस चान्सलर मल्ल के सुन्दरले विगतदेखि वर्तमानसम्म नेपालभाषा जगतका विभिन्न पक्षलाई समेटी आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

यस्तै, कार्यक्रममा प्रमुख अतिथि भाषालिपि अभियन्ता हालका काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मन्तव्य राख्ने क्रममा अब नेपाललिपि ट्युटोरियल र नेपालभाषा एप नेपालभाषाका विद्यार्थीका साथै नेपालभाषा सम्बन्धी गर्ने अनुसन्धानकर्ताहरुका लागि एक विशेष स्रोत हुनेमा दुईमत नहुने विचार राख्नुभएको थियो । 

नेपाल लिपि गुथिका अध्यक्ष एवं कार्यक्रममा सभापति अनिल स्थापितले नेपाललिपि ट्युटोरियल तथा नेपालभाषा डिक्सनरी एपको सार्वजनिकीकरण कार्यक्रममा धन्यवाद व्यक्त गर्नुहुँदै कार्यक्रमको समापन गनुभएको थियो भने कार्यक्रम पवित्र कसाःले संचालन गर्नुभएको थियो 

उक्त कार्यक्रममा नेपालभाषा क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमा नेपाललिपि ट्युटोरियल एवं नेपालभाषा एप्स अब गुगल सर्च एवं प्लेस्टोरबाट डाउनलोड गर्नसक्ने तथा उक्त एप्सभित्र ४१ हजार शब्दहरु समाबेश भएको जानकारी पनि आयोजकले दिएको छ ।

Categorized in शिक्षा