STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ आषाढ ६, शुक्रबार

    सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार

    ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु प¥यो । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उहाँलाई ‘भनेको नमान्ने भए झर्नू’ भनेका थिए । केही समय विवादपछि उहाँ ढोलाहिटीमा झरेर अर्को बसमा चढेर घर जानुभयो । महर्जन बिहान कलेज पढ्ने...

  • २०७६ आषाढ ४, बुधबार

    प्रहरी नायब उपरीक्षकलाई अनुचित प्रभावमा पार्न खोज्ने पक्राउ

    प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न खोजेको भन्दै प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ३९ वर्षीय इन्द्रनारायण यादवलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षकको कार्यकक्षमा आई यादवले तपाईसँग केही काम गराउँछु, तपार्इंलाई पनि मिलाउँछु...

  • २०७६ आषाढ ४, बुधबार

    नेपालमा अफिम खेती, लगानी भारतीय

    आज बिहान ५ बजेतिर बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित चार जनालाई पक्राउ गरेको छ । एकाबिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आजै साँझ पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक गर्ने प्रहरीले...

  • २०७६ आषाढ ४, बुधबार

    बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै

    हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार यात्रुको कुनै पत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा कुरिनटारबाट गोताखोर ल्याउन लागिएको सहायक प्रमुख...

  • २०७६ आषाढ ४, बुधबार

    नगद लुटेर हत्या पुष्टिः अभियुक्त खोजी शुरु

    मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५०० लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको हो । उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर...

  • २०७६ आषाढ ३, मंगलबार

    बौद्ध समता अस्पतालमा युवतीको शव झुण्डिएको अवस्थामा फेला

    बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ  ।   रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।    मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब...

  • २०७६ आषाढ ३, मंगलबार

    बिहे गर्ने उमेर नहुँदै गर्भपतन

    जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले बताउनुभयो । महीनामा ४० देखि ६० जनासम्म गर्भपतनका...

  • २०७६ आषाढ ३, मंगलबार

    दुर्घटनामा मृत्यु

    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको...

  • २०७६ आषाढ ३, मंगलबार

    श्रीमतीको हत्या अभियोग

    दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा कैंची प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् । सोमबार राति ९÷१० बजे घरायसी झगडा हुँदा नेपालीले श्रीमतीको घाँडी र ढाडमा...

  • २०७६ आषाढ ३, मंगलबार

    कैंची प्रहार गरी श्रीमतीको हत्या

    दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापती पन्तले दिनुभएको जानकारीअनुसार नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन् । सोमबार राति घरायसी झगडा हुँदा कृष्णले श्रीमती मीनाको घाँटी र ढाडमा लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका...

  • २०७६ आषाढ २, सोमबार

    लागुऔषधसहित छ पक्राउ

    लाागुऔषधसहित बेनीबाट छ पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई युवती पनि छन् ।  उनीहरुको साथबाट ८६ सेट डाइजापाम, फेनेरागन र नुर्फिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।  पक्राउ पर्नेमा रघुगङ्गा गाउँपालिका–१ बेगका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८...

  • २०७६ आषाढ २, सोमबार

    बसबाट हामफाल्दा युवतीको मृत्यु, दुई मृत फेला

    चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको...

Pages