राजनीति
-
२०७७ फाल्गुण ११, मंगलबार
आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन...
-
२०७७ फाल्गुण ९, आइतबार
सरकारले मातृभाषाको बेवास्ता गरेको भन्दै नाङ्गै प्रदर्शन
काठमाडौं – आइतबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा देशभर विविध कार्यक्रमहरु आयोजना भए । यसै दिवसको अवसरमा पारेर एकजना प्रदर्शनकारीले काठमाडौंमा नाङ्गै प्रदर्शन पनि गरेका छन् । सरकारले मातृभाषाहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै दिपेन लिम्बूले काठमाडौंमा नाङ्गै प्रदर्शन गरेका छन् । मातृभाषाहरुलाई बेवास्ता गरेको तर अर्बौं लगानीमा विश्वविद्यालय बनाएर अन्य मातृभाषाहरुलाई ‘बाइपास’ गरेको भन्दै...
-
२०७७ फाल्गुण ९, आइतबार
प्रधानमन्त्री नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरिक्षणमा
काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरिक्षण गरेका छन् । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखा स्थित सुरुङमार्ग निर्माणधिन स्थलमा पुगेर अवलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले अवको १३ महिना भित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रु हुने गरी...
-
२०७७ फाल्गुण ९, आइतबार
महिला हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । आइतबार अखिल नेपाल महिला संघले प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारको विरुद्ध बिरोध प्रदर्शन गरेको हो । शान्तिबाटिकामा जम्मा भएर महिलाहरुले नाराबाजी सहित बसन्तपुरसम्म र्याली गरेका थिए । नेकपा नेतृहरु अष्टलक्ष्मी शाक्य, शशी...
-
२०७७ फाल्गुण ९, आइतबार
प्रदेश १ का मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव पेश
सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै बैधानिकताबारे प्रश्न गर्दै आएको थियो । आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण...
-
२०७७ फाल्गुण ९, आइतबार
प्रदेश २ का प्रमुखलाई ओली समूहको १०१ किलोकाे माला
जनकपुरधाम – प्रदेश २ को प्रमुखमा नियुक्त राजेश झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले स्वागत गरिएको छ । आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा १ सय १ किलोको माला लगाएर स्वागत गरेका हुन् । उनको स्वागतका लागि प्रदेश सरकारबाट भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह पनि विमानस्थल पुगेका थिए । ओली समर्थित युवाहरुले प्रदेश प्रमुख...
-
२०७७ फाल्गुण ९, आइतबार
देश र जनताको विपक्षमा फैसला भए आन्दोलन : ओली
विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विपक्षमा फैसला भए आन्दोलनमा जाने बताएका छन् । शनिबार विराटनगरमा ओली पक्षीय नेकपाको प्रदेश कमिटीको आयोजनामा भएको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर देश र जनताको पक्षमा फैसला नभए आन्दोलन हुने बताएका हुन्। उनले भने, ‘यदि कुनै प्रकारको जालझेल, षडयन्त्र, तिकडम, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि...
-
२०७७ फाल्गुण ८, शनिबार
विराटनगर सभामा ओलीले भने : सिद्धिन लागेका प्रचण्डले हामीलाई नै सिध्याउन थाल्याे
प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धिन लागेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले उद्धार गरेको र त्यसैले अहंकार बढेको बताएका छन्। आज विराटनगरमा आयोजित नेकपा ओली समूहको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘दुई/चार सिटमा खुम्चिन लागेका, सिद्धिसकेका प्रचण्डको जुरो हालें। सिङ हालें। त्यसैले अहंकार चढ्यो। हामीलाई नै सिध्याउन थाल्नुभयो।’ प्रचण्डको नियति नै असफलता बाहेक केही नभएको दाबी उनले गरेका छन्। उनले...
-
२०७७ फाल्गुण ८, शनिबार
विप्लव समूह सरकारसँग वार्ता गर्न तयार
काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँगको वार्ताका लागि आफूहरू सकारात्मक रहेको बताएका छन्। आज विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् । उनले आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनताको हित र अधिकारका लागि रहेका उल्लेख गरेका छन्। चन्दद्वारा...
-
२०७७ फाल्गुण ७, शुक्रबार
टुँडिखेलबाट नागरिक आन्दोलनको घोषणापत्र जारी (पूर्ण पाठसहित)
काठमाडाैं – बृहत् नागरिक आन्दोलनले टुँडिखेलमा नागरिक भेला तथा प्रदर्शन गर्दै आफ्नाे घाेषणापत्र जारी गरेकाे छ । आन्दोलनकाे तर्फबाट युवा अधिकारकर्मी जेबी विश्वकर्माले उक्त घाेषणापत्र बाचन गरेका हुन् । प्रधानमन्त्री केपी ओलीकाे असंवैधानिक संसद् विघटनकाे विरूद्धमा अगुवा नागरिकहरूले शान्तिपूर्ण प्रतिराेधका कार्यक्रम गर्दै आएपछि उनीहरूप्रति नागरिक अपेक्षा ह्वात्तै बढेकाे थियाे । उनीहरूले नागरिक...
-
२०७७ फाल्गुण ७, शुक्रबार
प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ – नेकपा प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजो मात्रै भनेको थियो । नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक शुरु हुन लागेको हो । संसद् विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको...
-
२०७७ फाल्गुण ७, शुक्रबार
प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको सजाय मिनाहा
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा उहाँले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । लिम्बूलगायतलाई ‘फौजदारी...


