राजनीति
-
२०७९ चैत्र १०, शुक्रबार
बसन्त कुँवर प्रहरी आइजीपीमा नियुक्त
काठमाडौं - सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बसन्त कुँवरललाई प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नयाँ आइजीपीमा नियुक्त गरेको एक मन्त्रीले बताए। बरियतामा पहिलो नम्बरमा रहेका कुँवरलाई आइजीपीमा नियुक्त गरिएको ती मन्त्रीको भनाइ छ। अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आजबाट अवकास पाउँदैछन्। आईजीपी बन्न टेकप्रसाद राई, दीपक थापा,...
-
२०७९ चैत्र ७, मंगलबार
उपनिर्वाचनका लागि चैत ८ देखी १२ गते भित्र दल दर्ता गराईसक्नु पर्ने
काठमाडौं- निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान गरेको छ । बैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएपनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन...
-
२०७९ चैत्र ६, सोमबार
कोशी प्रदेशका मुख्यमन्त्रीको गाडी तोडफोडको प्रयास
काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो । प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका- ११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको हो । प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध...
-
२०७९ चैत्र ६, सोमबार
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
काठमाडौं - महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन्। जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नुभएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले...
-
२०७९ चैत्र ६, सोमबार
प्रचण्डले पाए दोस्रोपटक विश्वासको मत, १७२ जनाकाे समर्थन रहँदा ८९ सांसद विपक्षमा
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो । जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना...
-
२०७९ चैत्र ६, सोमबार
स्वीकृति नलिने पात्रो र भित्तेपात्रोलाई एक लाखसम्म जरिवाना गरिने
काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई रु १० हजारदेखि रु एक लाखसम्म कारबाही गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन, २०७९ स्वीकृत गरी विधिसम्मत रुपमा प्रकाशन नहुने भित्तेपात्रो र पात्रोका सञ्चालकलाई कानुनी कारबाही गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले...
-
२०७९ चैत्र ५, आइतबार
प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप
काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टी सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीज्यूले विश्वासको मतको लागि प्रस्ताव गर्ने कार्यक्रम छ । कांग्रेस प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गर्छ ।...
-
२०७९ चैत्र ५, आइतबार
कोशी नामकरणविरुद्ध विराटनगरमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप
काठमाडौं - प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेका छन् । त्यसक्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो । त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले...
-
२०७९ चैत्र ५, आइतबार
स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय, पुल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनियरिङ क्याम्पसमा को को आए ?
काठमाडौं - आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का श्यामराज ओझा निर्वाचित भएका छन् । सभापतिमा नवनिर्वाचित थापाले ९६२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत प्राप्त गरे । केन्द्रीय क्याम्पसमा नेविसंघले १५ वर्षपछि आफ्नो बलियो...
-
२०७९ चैत्र ५, आइतबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज बस्दै छ। बिहान साढे १० बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने विश्वासको मतबारे छलफल गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका...
-
२०७९ चैत्र ५, आइतबार
स्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै
काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन विश्वविद्यालयले कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । पहिलोपटक स्ववियु...
-
२०७९ चैत्र ३, शुक्रबार
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : उपराष्ट्रपति यादव
काठमाडौं - नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए । उनले शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै...


