राजनीति
-
२०७९ मङ्सिर ९, शुक्रबार
मंसिर १४ सम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको लक्ष्य
काठमाडौं – आईतवार एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मतगणना भएका स्थानमा प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र एकैपटक गन्ती गर्न केही ढिला भएको निर्वाचन आयोगको तर्क छ । राजनितिक दलको अवरोध बाहेक १५२ वटा निर्वाचन क्षेत्रको मंसिर १४ गतेसम्म अन्तिम मतपरिणाम निकाल्ने निर्वाचन आयोगको लक्ष्य छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना जारी छ । उपत्यकाका काठमाडौं ललितपुर...
-
२०७९ मङ्सिर ९, शुक्रबार
रूकुमबाट जनार्दन शर्मा निर्वाचित
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उहाँका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त...
-
२०७९ मङ्सिर ९, शुक्रबार
हृदयेश त्रिपाठीलाई हराउँदै नवलपरासी–१ बाट विनोद चौधरी विजयी
काठमाडौं - नवलपरासी–१ को प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । उद्योगी चौधरी २३ हजार ८६१ मत पाएर निर्वाचित भएका हुन् । सार्वजनिक मत परिणाम अनुसार अर्बपति चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पाँच हजार ६४० मतान्तरले पराजित गर्दै जित हाँसिल गरेका हुन् । त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा रहेका...
-
२०७९ मङ्सिर ८, बिहिबार
पुष्पकमल दाहालकाे गोरखाबाट सहज जित
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट सजिलो जित हात पारेका छन् । गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिएका उनले कुल २६ हजार १०३ मत पाएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई ११ हजार ४६६ मतान्तरले पराजित गरेका हुन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्रले १२ हजार ६३७ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुससलाम मियाले...
-
२०७९ मङ्सिर ८, बिहिबार
म जाँच दिन सक्षम भएँ, अब नतिजा ५ वर्ष पछि : रवि लामिछाने
काठमाडौँ - भारी मतान्तरका साथ प्रतिनिधिसभा विजयी भएका रवि लामिछानेले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् । विजयपछि फूलमाला र विजय र्याली गर्न नचाहेको बताउँदै उनले भनेका छन्, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै विजय र्याली...
-
२०७९ मङ्सिर ८, बिहिबार
शशाङ्क कोइराला चौथोपटक विजयी
काठमाडौं - नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।
-
२०७९ मङ्सिर ८, बिहिबार
रवि लामिछाने भारी मतले विजयी
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन– २ बाट भारी मतका साथ निर्वाचित भएका छन् । लामिछाने ४९ हजार २६१ मतका साथ भारी मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ०९१ मत ल्याएका छन्। रवि र उमेशको मतान्तर ३४ हजार १७० रहेको छ । त्यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गर्दै तेस्रो भए ।
-
२०७९ मङ्सिर ८, बिहिबार
फराकिलाे मतान्तरले तासिमा विजयी
ललितपुर - ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी हुनुभएको हो । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त...
-
२०७९ मङ्सिर ७, बुधबार
झाँक्रीलाई हराउँदै एमालेका गोकर्ण बिष्ट विजयी
काठमाडौं - पूर्व सहकर्मी रामकुमारी झाँक्रीलाई हराउँदै गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्। सत्ता गठबन्धनका तर्फबाट उठेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव झाँक्रीलाई २ हजारभन्दा बढी मतले पराजित गरेर बिष्ट विजयी भएका हुन्। गुल्मीबाट गोकर्ण विष्ट तेस्रो पटक निर्वाचित भएका हुन्। गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा बिष्टले २८ हजार ४७६ मत ल्याए। उता रामकुमारी...
-
२०७९ मङ्सिर ७, बुधबार
शेरबहादुर देउवा डडेल्धुराबाट सातौँपटक निर्वाचित
काठमाडौं - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट सातौँपटक निर्वाचित भएका छन् । कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी भएकाे मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे । अर्का उम्मेदवार नेपाली...
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं–३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित
काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । चालिसेले १५ हजार १५८ मत प्राप्त गर्दा राईले ११ हजार १९६ मत प्राप्त गरे । २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभामा विजयी राई यसपटकको...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं ५ - ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल विजयी
काठमाडौं - काठमाडौंको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी भएका छन् । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुने जानकारी गराइएको छ ।


