राष्ट्रिय
-
२०७८ माघ १६, आइतबार
खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया सुरु
माघ १६, काठमाडौं - सरकारले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको छ । आइतबार खानेपानीमन्त्री उमाकान्त चाैधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया सुरु गरेको जानकारी दिए । आयोग गठनपछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महसुलदर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए । राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई...
-
२०७८ माघ १६, आइतबार
शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबाट सन्देश जारी
माघ १६, काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएकी छिन् । शहीद दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै उनले दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदको आकांक्षा साकार पार्न मन, वचन र...
-
२०७८ माघ १६, आइतबार
को हुन् शहीद ?
माघ १६, काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई शहीद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ । कुनै घटना वा दुर्घटनामा परेकालाई पनि शहीद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अपमान भएको...
-
२०७८ माघ १४, शुक्रबार
सार्वजनिक यातायातमा जोर-बिजोर हटाउन सरकारलाई सिफारिस
माघ १४, काठमाडौं - कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सार्वजनिक यातायातका साधनमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीको सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको हो । जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो । साथै यसरी हिँड्दा कोरोना संक्रमण...
-
२०७८ माघ १४, शुक्रबार
अनियमिता गरेको भए जेसुकै सजाय भोग्न तयार छु : धुर्मुस
माघ १३ काठमाडौं - धुमुर्स–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले रंगशाला निर्माणमा अनियमिता गरेको प्रमाणित भएमा जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । भरतपुर महानगरमा भएको अन्तक्रिया कार्यक्रममा फाउन्डेसनका अध्यक्ष कट्टेलले आर्थिक प्रतिवेदन काम भइरहेकाे बताउँदै अनावश्यक भ्रम फैलाइएको बताए । महानगरलाई स्वामित्त्व लिन पुस २ मा पत्र पठाउनु अगाडि पनि फाउन्डेसनकै पहलमा रंगशाला...
-
२०७८ माघ १४, शुक्रबार
मनाङमा जनसंख्याभन्दा मतदाता धेरै
माघ १३, काठमाडौं (रासस)- केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको संख्याभन्दा कम देखिएको छ । २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसंख्या थियो । १० वर्षपछि जनसंख्या ३५५ ले घटेको देखिएको छ । उक्त ...
-
२०७८ माघ १३, बिहिबार
सहिद धर्मभक्त माथेमाको सम्झना
सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरी उहाँलाई स्मरण गरिएको छ । माथेमा जन्मिनुभएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गर्नुभएको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकेको छ । आज उहाँको उक्त शालिकमा नै...
-
२०७८ माघ १३, बिहिबार
अनुमतिबिना तस्बिर,भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही
गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ । सार्वजनिकस्थलमा...
-
२०७८ माघ १२, बुधबार
मास्क नलगाउनेलाई जरिवाना
मकवानपुर जिल्लाका सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने ६० जनालाई रु १०० का दरले जरिवाना गरेको हो । कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले...
-
२०७८ माघ १२, बुधबार
नेपालको जनसंख्या २ करोड ९१ लाख
माघ १२, काठमाडौं - नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या...
-
२०७८ माघ ११, मंगलबार
कामपामा अनुगमन कार्यविधि मस्यौदा समिति गठन
काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ । हाल भइरहेको अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो । आज कामपा उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वमा गठित...
-
२०७८ माघ ११, मंगलबार
भ्रष्टाचारमा यस वर्ष पनि नेपाल विश्वको ११७ औं स्थानमा
माघ ११, काठमाडौं - नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षकोझै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गत वर्ष पनि नेपालको स्कोर त्यति नै थियो । १८० वटा मुलुकहरुको बरियताक्रममा...


