राष्ट्रिय
-
२०७६ माघ ९, बिहिबार
सहकारीलाई समृद्धिसँग जोड्नुपर्छ मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको १३औँ स्थापना दिवस तथा नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उहाँले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारी संस्था लाग्नुपर्छ भन्नुभयो । राजनीतिक परिवर्तनको आन्दोलन सकिएर मुलुक समृद्धिको बाटोतर्फ...
-
२०७६ माघ ९, बिहिबार
राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा
राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै आज विशेष बुद्ध पूजा गरिएको छ । बुद्धवचन अनुवाद समिति र तमु बौद्ध सेवा समितिले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा विद्वान्बाट प्रज्ञापारमिताको पाठ गरिएको हो । बौद्ध गुरु टुल्कु धमछोयले विशेष पूजा गरी करिब ३०० बौद्ध अनुयायीलाई आयु अभिषेकको प्रवचनसमेत दिनुभयो । बौद्ध साहित्यको सूत्रपिटकअन्तर्गत पर्ने उक्त प्रज्ञापारमितामा...
-
२०७६ माघ ९, बिहिबार
आवास निर्माणमा ढिलाइ
विनाशकारी भूकम्पले क्षति पु¥याएका घरको पुनर्निर्माण गर्न किस्ता नआउँदा आवास निर्माणमा ढिलाइ भएको छ । पुनर्निर्माण आयोजना जिल्ला कार्यान्वयन एकाइ दोलखाका प्रमुख गणेश आर्यालका अनुसार जिल्लामा एक हजार ८२१ जनाको पहिलो, दोस्रो र तेस्रो किस्ता वापत रु १८ करोड ५० लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ । अहिले कार्यालयमा रकम लिन प्रभावितको घुइँचो लाग्दै आएको उहाँले जानकारी दिनुभयो । विसं २०७६ को कात्तिक...
-
२०७६ माघ ९, बिहिबार
मतदान १० बजेदेखि शुरु हुँदै
राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि पुगिसक्नुभएको आयोगले जनाएको छ । निर्वाचनका लागि प्रदेश नं १ को...
-
२०७६ माघ ९, बिहिबार
पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु
दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि बढाइरहेका छन् । विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ ।...
-
२०७६ माघ ९, बिहिबार
बजेट कार्यान्वयन निराशाजनक
नुवाकोट जिल्लाको विकासमा चालू आर्थिक वर्ष २०७६ ७७ को विनियोजित बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । आवको आधा समय छ महिना पूरा हुँदा जिल्लामा संघीय सरकार मातहतका कार्यालयले २७।५ प्रतिशत र प्रदेश सरकार मातहतका कार्यालयको बजेट पाँच प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार संघीय सरकार मातहतका जिल्लाका ४६ कार्यालयमा चालू आवमा प्राप्त बजेट रु तीन अर्ब ३१ करोड...
-
२०७६ माघ ९, बिहिबार
मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने
मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइते भएका थिए । बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमा सो सहमति...
-
२०७६ माघ ९, बिहिबार
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमान्सँगै रहनुपर्ने
शिशु कसरी जन्माउने रु प्राकृतिक नर्मल अथवा शल्यक्रिया अप्रेशन मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ । स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् । उनीको साथमा आमा, सासु, दिदीबहिनी अन्य महिला नै हुने गर्दछन् । सुत्केरी हुने अवस्थामा श्रीमान् अनिवार्य...
-
२०७६ माघ ८, बुधबार
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयूमा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल टे«निङ सेन्टर टीटीसी, प्रशासकीय भवनलगायत मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो । केयू प्रशासनले यही माघ १३ गतेको विशेषसभामा सहभागी गराउन र...
-
२०७६ माघ ८, बुधबार
राष्ट्रियसभा निर्वाचन मतदाता प्रदेश राजधानी आउँदै
बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख प्रदेश राजधानी सुर्खेत आउने क्रम शुरु भइसकेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशको मतदानस्थल वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा तोकेपछि ७९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख आउने क्रम शुरु भएको छ । कर्णालीका कतिपय जिल्लाबाट मङ्गलबार नै प्रमुख उपप्रमुख वीरेन्द्रनगर आइसक्नु भएको छ । कर्णालीबाट राष्ट्रियसभाका लागि रिक्त...
-
२०७६ माघ ८, बुधबार
मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दै
झापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुने पार्कमा गुरुजी श्री १०८ मङ्गलदासजी महाराज, महागुरु फाल्गुनन्द, बालागुरु षडानन्द, डा स्वामी प्रपन्नाचार्य र दानवीर देवीप्रसाद उप्रेतीको परिचयात्मक अभिलेखसहित मूर्ति स्थापना गरिने मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंले...
-
२०७६ माघ ८, बुधबार
काठ्माडौ को भित्तामा अब संस्कृति झल्कने चित्र बनाउने
माघ ८, काठमाडौं । काठमाडौंका सडक छेउछाउका भित्ता अब कला संस्कृति झल्कने चित्रले सजिने भएका छन् । सहरको सौन्दर्य बढाउने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले सहरका भित्ताहरूमा यस्तो सजावट गर्न लागेको हो । यसका लागि महानगरको सहरी योजना आयोगले काम थालेको छ । आयोगका सदस्य मनराजा रञ्जितले सहरको सौन्दर्य बढाउन चालु आर्थिक वर्षभित्र महानगरपालिका क्षेत्रमा भित्तेचित्र बनाइन लागेको जानकारी दिए । महानगरले...


