relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आश्विन १५, बुधबार

    म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

    जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ । बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो । दिपायल, पिपल्ला र राजपुर बजारमा गरी २१ पसलमा उक्त टोलीले छड्के अनुगमन गरेको थियो । त्यस्तै यहाँका सामुदायिक...

  • २०७६ आश्विन १५, बुधबार

    आपतकालीन कार्यसञ्चालन केन्द्रका लागि उपकरण माग

    जिल्ला दैवीप्रकोप उद्धार समिति तनहुँले आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने उपकरण माग गरेको छ । समितिले केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विभिन्न उपकरण आवश्यक पर्ने भएकाले गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग विभिन्न उपकरण माग गरेको हो । जिल्लामा घट्न सक्ने विपत्का समयमा उद्धारका लागि विभिन्न सामग्री आवश्यक पर्ने भए पनि आपतकालीन...

  • २०७६ आश्विन १४, मंगलबार

    चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ मुख्यमन्त्री पौडेल

    प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताउनुभएको छ । उहाँले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उहाँको भनाइ थियो । विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित शुभकामना तथा...

  • २०७६ आश्विन १४, मंगलबार

    दशैँमा पनि भएन व्यापार

    जिल्लाको मुख्य बजार नारायणगढमा दशैँको सङ्घारमा पनि आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन् । गाउँगाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउने क्रम घटेर गएको हो । यसै बजारबाट छिमेकी जिल्लामासमेत सामान जाने गरेकोमा सो क्रम पनि घटेर गएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान बजारमा चहलपहल कम भएको बताउनुहुन्छ । टोलटोलमा राम्रा सपिङ सेन्टर...

  • २०७६ आश्विन १४, मंगलबार

    नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

    नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को मुख्यालय मन्ट्रियलमा आज नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय...

  • २०७६ आश्विन १४, मंगलबार

    ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार

    राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरिएको हो । उद्धार गरिएको सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उनीहरुलाई मनोपरामर्श...

  • २०७६ आश्विन १४, मंगलबार

    तालबाराही आरतीमा ४० हजारले गरे अवलोकन

    पर्यटकीय राजधानी पोखराको फेवाताल किनारमा माता तालबाराही सेवा समितिले गर्दै आएको सन्ध्या आरती कार्यक्रममा एक वर्षमा ४० हजार पर्यटकले अवलोकन गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको सङ्गीतमय महाआरती पुजन गत वर्ष असोज २४ गते घटस्थापनाका दिनबाट शुरु गरिएको हो । सन्ध्या आरतीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै गएकोसमितिका...

  • २०७६ आश्विन १४, मंगलबार

    नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

    भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाना यही असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनका...

  • २०७६ आश्विन १४, मंगलबार

    महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा

    सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसङ्घको प्रधान...

  • २०७६ आश्विन १४, मंगलबार

    पर्यटन वर्ष सफल बनाउन निम्तो आदानप्रदान

    नेपाल भ्रमण वर्ष सफल बनाउन अन्तरप्रदेश निमन्त्रणा आदानप्रदान गरिएको छ । सोमबार विराटनगरमा गण्डकी प्रदेश सरकारले गण्डकी पर्यटन प्रवद्र्धन अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ र गण्डकी प्रदेशले आ–आफ्ना प्रदेश भ्रमण गर्न निमन्त्रणा दिएका हुन् । पोखरादेखि मुक्तिनाथजस्तो चर्चित र गण्डकी प्रदेश सुन्दर भएकाले प्रदेश सरकारले २०१९ देखि २२ सम्म मनाइरहेको अभियानमा आउन गण्डकी प्रदेशका उद्योग...

  • २०७६ आश्विन १४, मंगलबार

    गढीमाई विकासका लागि डिपिआर तयार हँुदै

    भारतीय सीमासँग जोडिएको बाराको गढीमाई नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक तथा प्राचीन शक्तिपिठ गढीमाई मन्दिर तथा सो क्षेत्रको विकासका लागि नगरपालिकाले रु एक अर्ब ९० करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिरहेको छ । नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रमा रहेको ऐतिहासिक पोखरीको मध्यभागमा सूर्यदेवताको मन्दिर बनाउन रु १२ करोडको डिपिआर तयार भइरहेको जानकारी गराउनुभयो । सो...

  • २०७६ आश्विन १४, मंगलबार

    त्रिदेशीय नाकाको विकट गाउँमा उज्यालो

    हिमालको फेदीमा मिलेको गाउँ । चारैतिर डाँडाकाँडा र हरियाली । हिँड्ने बाटोमा सडकबत्ती, घरभित्र र बाहिर बत्ती बालिएका छन् । सुमद्री सतहबाट पाँच हजार फिट उचाइमा रहेको गाउँमा पहिलोपटक पुग्दा लाग्छ हिमालकै काखमै पुगियो । स्वच्छ हावा र पानी भएको ठाउँ । अग्र्यानिक आलु, फापर, कोदो, जौंँ खान पाइने । चौँरीगाईको दूधबाट बनेका परिकार सजिलै खान मिल्ने । कुनै सुगम गाउँको भन्दा फरक छैन त्रिदेशीय सीमामा अवस्थित...

Pages