relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ भाद्र ६, शुक्रबार

    स्व अधिकारीका परिवारलाई सहयोग

    सडक दुर्घटनामा ज्यान गुमाएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीका परिवारलाई तिलोत्तमा नगरपालिकाले रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ । स्व अधिकारीको निवासमा आज आयोजित शोकसभामा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो । नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचारका क्रममा अधिकारीको सडक दुर्घटनामा ज्यान गएकाले उहाँको परिवारलाई यथाशक्य सहयोग गर्ने...

  • २०७६ भाद्र ६, शुक्रबार

    जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने

    सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ । काठमाडाँैसम्म आएर उजुरी गर्न तथा सूचना दिन सर्वसाधारणलाई असुविधा हुन सक्ने महसुस गरेर आयोगले केही दिनभित्रै सूचनामार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था गर्न लागेको आयोगका अध्यक्ष मोहनरमण भट्टराईले जानकारी दिनुभयो...

  • २०७६ भाद्र ६, शुक्रबार

    अठार हजारभन्दा बढी पर्यटकद्वारा कोशीटप्पुको अवलोकन

    अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५÷७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ सार्क मुलुकका र ३५२ विदेशी गरी कूल १८...

  • २०७६ भाद्र ६, शुक्रबार

    बीमा सेवा लिने बढे

    स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढी आउन थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महीनाअघि देखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामी पछिल्लो समय बढेको पाइएको छ । दैनिक २०÷२२ जना आँखा उपचारका लागि आउने गरेकामा बीमा कार्यक्रम शुरु गरेपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताउनुभयो । “...

  • २०७६ भाद्र ५, बिहिबार

    पासाङल्हामु राजमार्ग अवरुद्ध

    पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । गए राति वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षामा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन यसपालि बगाएको हो । डाइभर्सन बगाएपछि यातायात ठप्प भएको विदुर नगरपालिका– १० का वडाध्यक्ष गणेशकुमार नेपालले...

  • २०७६ भाद्र ५, बिहिबार

    तिङ्कर अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्ग ः परराष्ट्रमन्त्री ज्ञवाली

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडुकोतर्फबाट अतहरकमाल मुसलमानले मित्रराष्ट्र चीनको तिब्बत जोड्ने दार्चुलाको तिङ्कर नाका स्वदेशी, विदेशी व्यापारी एवं पर्यटकका लागि खुला गर्न किन...

  • २०७६ भाद्र ५, बिहिबार

    नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र...

  • २०७६ भाद्र ५, बिहिबार

    पर्यटक प्रवेश शुल्क बराबरी, बोलपत्रमा दुई नगरपालिकाको विवाद

    पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन गरेका छन् । गत वर्ष दुई नगरपालिको फरक–फरक ठाउँमा छुट्टाछुट्टै पर्यटकसँग शुल्क लिँदा व्यवसायीहरुले एकै ठाउँमा आएका पर्यटकले दोहोरो कर तिर्नुपरेको भन्दै विरोध गरेका थिए । विरोधपछि चाँगुनारायण नगरपालिकाले बोलपत्रसमेत रद्द गरी पर्यटन शुल्क उठाउन छाडेको थियो...

  • २०७६ भाद्र ५, बिहिबार

    गुरु नानकको जन्मजयन्तीमा ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’

    शिख धर्मका प्रवर्तक श्री गुरु नानक देवको ५५०औँ प्रकाशोत्सव जन्मजयन्ती का अवसरमा भारतको पटनामा यही भदौ ७ गते ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’ हुने भएको छ । हालको पाकिस्तानको ननकानामा विसं १५२६ मा जन्मनुभएका गुरुको स्मृतिमा उक्त कार्यक्रमअन्तर्गत धार्मिक सभा गर्न लागिएको श्री गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्रले जनाएको छ । गत साउनको दोस्रो सातादेखि उक्त कार्यक्रमका लागि भारतस्थित श्री गुरुद्वारा...

  • २०७६ भाद्र ५, बिहिबार

    १२० जनालाई व्यावसायिक तालीम

    लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रे पनौतीको आयोजनामा १२० जनालाई व्यावसायिक तालीम प्रदान गरिने भएको छ । क्लबको आयोजनामा पनौती नगरपालिका र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्दु लम्सालको सहयोगमा पनौती नगरपालिकाभरिका १२० जनालाई तालीम प्रदान गरिने भएको हो । विद्युत, प्लम्बिङ र कार्पेन्टरसम्बन्धी तीन महीने तालीम हुने क्लबका पूर्वअध्यक्ष भोला थापाले बताउनुभयो । “तालीमका लागि डिस्ट्रिक गभर्नरबाट ८०...

  • २०७६ भाद्र ५, बिहिबार

    बजेट अभावले सञ्चालन हुन सकेन थारू सङ्ग्रहालय

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र भम्केपानीमा निर्माण गरिएको थारू सङ्ग्रहालय भवन बजेट अभावले सञ्चालन हुन सकेको छैन । स्थानीय थारू जनजाति आदिवासी समुदायले बसोबास गर्ने परम्परागत शैलीको घर निर्माण गरिएको झण्डै तीन वर्ष बित्नै लागे पनि सङ्ग्रहालयमा राखिने वस्तुहरुका लागि आवश्यक रकमको व्यवस्था गर्न नसक्दा भवन उद्घाटन हुन नसकेको हो । आव ०७४÷७५ को नगरपालिकाको वडा कार्यालयको रु...

  • २०७६ भाद्र ५, बिहिबार

    भूमिसम्बन्धी आठाँै संशोधन विधेयक टेबुल

    राष्ट्रियसभामा आज ‘भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५’ टेबुल गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक टेबुल गर्नुभएको हो । हैजा नियन्त्रण गर्न माग राष्ट्रियसभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरा जिल्लाको सानखोलालगायत अन्य चार गाउँपालिकामा फैलिएको हैजा नियन्त्रण गर्न केन्द्रीय सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय...

Pages