relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण ८, बुधबार

    राजश्वमा उल्लेखनीय वृद्धि

    आन्तरिक राजश्व कार्यालय विराटनगरले गएको आर्थिक वर्षमा कूल रु सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सो अवधिमा कूल रु छ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष २०७४र७५ मा कूल रु पाँच अर्ब २१ करोड ४२ लाख तीन हजार राजश्व सङ्कलन भएको थियो । तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु एक अर्ब ९२ करोड ३६ लाख...

  • २०७६ श्रावण ८, बुधबार

    केरूङ पास लिने १० हजार नाघे

    नेपाल चीन सीमाको केरूङसम्म जान पाइने सीमा परिचयपत्र लिने रसुवाली दश हजार नाघेका छन् । अध्यागमन कार्यालय रसुवाका अनुसार हालसम्म परिचयपत्र लिनेको सङ्ख्या १० हजार ६३० पुगेको छ । यस्तोे परिचयपत्र लिनेमा जिल्लाका उत्तरगया, कालिका, नौकुण्ड, गोसाइँकुण्ड र आकाछोदिङ्मो गाउँपालिकामा स्थायी बसोबास गरिआएका र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट बसाइँ सरिआएका नागरिक रहेको बताइएको छ ।...

  • २०७६ श्रावण ८, बुधबार

    नगरबस सञ्चालन गर्दै उपमहानगरपालिका

    नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री लिकाबस सञ्चालनको तयारी गरेको छ । करीब रु साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरीद गरेको हो । खरीद गरिएका बस एक...

  • २०७६ श्रावण ७, मंगलबार

    चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

    बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम लिएको गुनासो आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले १।५ प्रतिशतसम्म सेवा शुल्क लिएको भन्दै उद्योगी तथा व्यवसायीले...

  • २०७६ श्रावण ७, मंगलबार

    अमेरिकामा नेपाल भ्रमण शुरु

    अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् । प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित आवासीय नेपाली सङ्घले जनाएको छ । पछिल्ला वर्षहरूमा विश्वका कतिपय राष्ट्रका...

  • २०७६ श्रावण ७, मंगलबार

    मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल ः मन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७५÷७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि शान्तिसुरक्षा मजबुत बनाउनुपर्ने बताउनुभएको हो । “देशमा राजनीतिक स्थायित्व र शान्तिसुरक्षालाई थप सुदृढ...

  • २०७६ श्रावण ७, मंगलबार

    प्रहरीलाई चिनियाँ र फ्रान्सेली भाषा सिकाइयो

    नेपाल घुम्न आउने पर्यटकको पहिलो भेट सुरक्षाकर्मीसँग हुन्छ । त्यसैले सुरक्षाकर्मीको व्यवहार पर्यटनमैत्री हुनुपर्छ । अतिथि देवोः भवः भने झैं आगन्तुकहरुलाई राम्रो स्वागत सत्कार तथा उचित सम्मानको वातावरण भयो भने पर्यटकहरु दोहो¥याएर नेपाल भ्रमण गर्न आउँछन् । अझ आफ्नै भाषामा कुरा गर्न पाइयो भने पर्यटकहरु झन् खुशी हुन्छन् । त्यसैले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत लक्ष्य गरेर त्रिभुवन अन्तरराष्ट्रिय...

  • २०७६ श्रावण ७, मंगलबार

    बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना

    बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै बुधबार दिउँसो...

  • २०७६ श्रावण ७, मंगलबार

    अज्ञात रोगबाट २१ बाख्रा मरे

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट ¥याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । स्थानीय बाख्रापालक प्रेम धानुकको मात्रै सोमबार नौ बाख्रा मरेका छन् । “भमरभोज टोल र पारिफाँटाका बाख्रापालकका बाख्रा मरेका छन्”, वडाध्यक्ष...

  • २०७६ श्रावण ७, मंगलबार

    बिचौलियालाई कार्यालय प्रवेशमा रोक

    जिल्ला प्रशासन कार्यालय तनहुँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो । सेवाग्राहीले निर्वाधरूपमा सेवा लिन पाउने वातावरण सिर्जना गर्दै कार्यालयमा बिचौलियाको प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार...

  • २०७६ श्रावण ७, मंगलबार

    अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

    जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो । आगजनी किन र कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ,...

  • २०७६ श्रावण ७, मंगलबार

    शान्तिसुरक्षाको अधिकार प्रदेशलाई हुनुपर्छ ः सभापति शाह

    संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शान्तिसुरक्षाको अधिकार प्रदेशकै मातहतमा हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानमै व्यवस्था भएका विषयमा केन्द्रले एकाधिकार गर्न नहुने बताउनुभयो । “अधिकार बाँडफाँटमा सङ्घले कन्जुस्याइँ गर्नु हुँदैन, प्रजिअ प्रदेशकै मातहतमा हुनुपर्छ”, उहाँले भन्नुभयो । सभापति शाहले सरकारको...

Pages