राष्ट्रिय
-
२०७६ जेठ १३, सोमबार
अतिक्रमण गरी बनाइएका टहरा भत्काइए
नुवाकोटको विदुर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय नजीक रहेको सरकारी जग्गामा बनाइएका टहराहरु आज डोजर लगाई भत्काइएको छ । विदुरस्थित वनदेवी सामुदायिक वनका नेपाल सरकारको स्वामित्वको जग्गा अतिक्रमण गरी केही व्यक्तिले विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवास गर्दै आइरहेका थिए । अतिक्रमण गरी निर्माण गरिएका घरटहरा अवैधरुपमा व्यापार–व्यवसाय गर्नेहरुले पटक पटकको आग्रहलाई नटेरेको डिभिजन...
-
२०७६ जेठ १३, सोमबार
सहकारी संस्थामै २५ करोड अपचलन
नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोडभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । ग्राहकको करीब रु ५२ करोड मौज्दात जम्मा गरेको संस्थामा रु २५ करोड अपचलन हुँदा बचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्तालाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ...
-
२०७६ जेठ १३, सोमबार
परम्परागत रुपमा बनाइएको घुमाउने घर लोप हुँदै
निस्दी गाउँपालिका–३ झिरुवासको खाँदर क्षेत्र कुनैबेला परम्परागत रुपमा बनाइएका ‘घुमाउने घर’ले भरिएको थियो । झन्डै एक दशकअघिसम्म गाउँभरि नै पुरानो घुमाउने आकारमा बनाइएका घर लहरै थिए । यसले गाउँ नै सुन्दर र रमाइलो देखिन्थ्यो । तर आधुनिकताको प्रवेशसंगै पछिल्लो समयमा घुमाउने घर क्रमशः लोप हुँदै गएको छ । पहिला अन्यत्र गएर गाउँमा कमाउने खासै हुँदैनथे, बाउ बाजेले बनाएका घुमाउने घरमै जीविका...
-
२०७६ जेठ १३, सोमबार
प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश
सङ्घीय संसद्, प्रतिनिधिसभामा अर्थ, कानून, न्याय तथा मानव अधिकार र राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘अर्थ समितिको वार्षिक प्रतिवेदन, २०७६’ पेश गर्नुभयो । बजेटपूर्व विभिन्न स्थानमा गरिएका छलफलमा प्राप्त सुझावलाई पनि प्रतिवेदनमा समावेश गरिएको जानकारी उहाँले दिनुभयो । त्यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिका...
-
२०७६ जेठ १३, सोमबार
दुई परिवारले वडालाई दिए निःशुल्क जग्गा
यहाँका स्थानीयले वडा कार्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन् । वालिङ नगरपालिका–२ को वडा कार्यालयको भवन निर्माणका लागि दुई परिवारले आठ आना जग्गा उपलब्ध गराएका हुन् । वालिङ वडा नं २ सिमलचौपारीका सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले चार आना, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले चार आना गरी कूल आठ आना जग्गा वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराउनुभएको वडा अध्यक्ष पोतप्रसाद...
-
२०७६ जेठ १३, सोमबार
सरकारी उद्योगको कपडा कर्मचारीले अनिवार्य खरीद गर्नुपर्ने– मन्त्री यादव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले हेटाँैडा कपडा उद्योगबाट उत्पादन हुने कपडा अनिवार्यरूपमा सरकारी कर्मचारीले प्रयोग गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले उद्योग भाडामा सञ्चालन गर्ने र नेपाली सेना, प्रहरीले आवश्यकताअनुसारको उत्पादन प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री यादवले उच्च अदालतको न्यायाधीशको नेतृत्वमा गठन...
-
२०७६ जेठ १३, सोमबार
पोखराको तीन ठाउँमा शङ्कास्पद वस्तु
पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो । ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा...
-
२०७६ जेठ १३, सोमबार
गणतन्त्र दिवसका लागि तयारी गर्दै कामपा
काठमाडौँ महानगरपालिका गणतन्त्र दिवस मनाउन सरसफाइ र सजावटको काममा जुटेको छ । आगामी जेठ १५ गते मनाइने ११औँ गणतन्त्र दिवसका लागि कामपाले प्रमुख विद्यसुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थान उपसमिति नै गठन गरेर तयारी थालेको छ । उपसमितिका सदस्य सचिव विष्णु जोशीका अनुसार तयारीस्वरुप अहिले सरसफाइ र अन्य सजावको काम भइरहेको छ । उक्त दिन कामपाको तर्फबाट खानेपानीको व्यवस्था, बस्नका लागि एक हजार...
-
२०७६ जेठ १३, सोमबार
१० वर्षमा पनि बनेन् दुखुखोलाको पुल
२०६७ सालमा निर्माण शुरु गरिएको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलाको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा पश्चिम म्याग्दीका तीन गाउँपालिकाका हजारौँ जनताले सास्ती खेप्न बाध्य भएका छन् । तत्कालीन जिल्ला विकास समितिअन्तर्गत सञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम ९ड्रिलीप० मार्फत् २०६७ मा शुरु भएको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि...
-
२०७६ जेठ १३, सोमबार
विद्रोही पक्षसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राजधानीलगायत जिल्लामा बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुव्र्यवहारका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद लालकाजी गुरुङ, बहादुरसिंह लामा, शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल, सत्य पहाडी समिना हुसेन, सरिताकुमारी गिरी, सीतादेवी यादव, स्मृतिनारायण चौधरी, सुजाता परियार, हरिराज अधिकारी,...
-
२०७६ जेठ १३, सोमबार
अस्पतालमा जनशक्ति अभावले उपचारमा समस्या
पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस, हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष भइसक्यो । उच्च प्रविधिको डिजिटल एक्सरे सेवा शुरु भएको अस्पताल विकास समितिको दाबी छ । समिति भन्छ, “थाइराइड परीक्षण, रगतको जाँच चौबीसैँ घण्टा इमर्जेन्सी सेवा विस्तार गरेका छौँ ।” १५ श्यया क्षमताको अस्पतालमा यस्ता सेवा शुरु हुनुलाई असाधारण सेवा प्रदान गरिएको समितिको भनाइ हो तर, यी सेवा...
-
२०७६ जेठ १३, सोमबार
प्रस्ताव स्वीकृत
‘गुठी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्नुभएको थियो । सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रस्ताव बहुमतले स्वीकृत भएको हो । सांसद अनिता देवकोटाले निजी गुठीलाई प्राधिकरणको रूपमा भन्दा पनि...


