राष्ट्रिय
-
२०७५ चैत्र १५, शुक्रबार
लगानी सम्मेलन बाट उपत्यकाका आदिवासी, उपत्यकामा बसोवास गर्ने स्थानीयवासीलाई विस्थापित गर्ने काम नहोस
गैर न्यायीक सडक विस्तारको सवालमा भएको मुद्दालाई सम्मातित श्री सर्वोच्च अदालत पूर्ण इजलासले गरेको फैसलाको विरद्ध राज्य पक्ष पुनरावलोकमा गएको अवस्थामा सर्वोच्च अदालतले पुनरावलोकको निवेदनलाई नै खारेज गरेको कुरा तपाईहरुमाझ राख्न पाउँदा हामी उत्साहित भएका छौं । सरकार नै जुन ढंगबाट झगडीयाको रुपमा प्रस्तूत भएतापनि सम्मानित श्री सर्वोच्च अदालतले गरेको निर्णयलाई हामीले जनताको पक्षमा सम्मानित श्री...
-
२०७५ चैत्र १५, शुक्रबार
मेडिकल कलेजका शुल्क अध्ययन गर्न संसदीय समिति गठन
चिकित्सा विज्ञानका स्नातक तह ९एमबिबिएस र बिडिएस० सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा अध्ययन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ । समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिमा समितिका सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सन्तकुमार थारु, जीवनराम श्रेष्ठ, मनकुमारी केसी र एकवाल मियाँ...
-
२०७५ चैत्र १५, शुक्रबार
वर्ल्ड नेवाः अर्गनाइजेशनको कार्यक्रममा विश्वभर नेपालभाषा जगेर्णा गर्न आह्वान
वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो महाधिवेशन आज शुक्रबार शताब्दी पुरुष डा. सत्यमोहन जोशीले पानसमा दीप प्रज्ज्वलन गर्नुभई कार्यक्रमको उद्घाटन गर्नुभयो । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित उक्त उद्घाटन कार्यक्रममा नेपालको राष्ट्रिय गान र नेवाः राष्ट्रिय गानलाई सम्मान गर्दे कार्यक्रम संचालन गरेको थियो । यस्तै कार्यक्रममा नेवाः आन्दोलनका अभियन्ता पद्मरत्न तुलाधर, डा. कमलप्रकाश मल्ल र कवि नातिबज्र...
-
२०७५ चैत्र १५, शुक्रबार
गैरसरकारी संस्था द्धारा एचआइभी सङ्क्रमितलाई सम्मान
एक गैरसरकारी संस्थाले आफ्न स्थापना दिवसको अवसर पारेर जिल्लाका एचआइभी सङ्क्रमितलाई आज सम्मान गरेको छ । गुड नेवर्स इण्टरनेशनल नेपालका जिल्ला कार्यक्रम संयोजक रञ्जितकुमार चौधरीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित बालबालिकासहित २० जनालाई सम्मानका साथ फलफूल विततरण गरियो । दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहरा र वडा नं ८ का वडाध्यक्ष रामबहादुर खड्का तथा...
-
२०७५ चैत्र १५, शुक्रबार
तार व्यवस्थित गरिने
भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा ९बिस्केट जात्रा०को क्रममा भइरहेको रथ तान्ने रुट, लिङ्गो उठाउने क्षेत्र र स्थानीयजात्रा सञ्चालन हुने क्षेत्रमा अव्यस्थित रुपमा राखिएका टेलिफोन, विद्युत्, केबुल र इन्टरनेटका तार यही चैत २५ गते सम्बन्धित निकाय आफैले व्यवस्थापन गर्ने र अनावश्यक तारहरू हटाउने भएको छ । बिस्का जात्राका सकारात्मक पक्षका बारेमा देशभरी र अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गर्न टेलिभिजन तथा...
-
२०७५ चैत्र १५, शुक्रबार
आलेख ः प्रयोगविहीन भए साना झोलुङ्गे
कालीगण्डकी माथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवातजावतका लागि बनाइएका साना र छोटा पुलहरु प्रयोगविहीन बन्न थालेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका अग्ला तथा लामा पुलहरुका कारण दशकौं पहिला बनेका छोटा र होचा पुलहरु प्रयोगविहीन बनेका हुन् । अहिलेभन्दा १०० वर्ष पहिला बागलुङको निरहे घाट र पर्वतको खनियाघाट जोड्ने गरी बनेको पुलका अवशेष समेत बाँकी छैनन् । बागलुङका नन्द कुमार श्रेष्ठको...
-
२०७५ चैत्र १५, शुक्रबार
बहाल कर स्वयं घोषणा अभियान शुरु
सूर्यविनायक नगरपालिकाले बहाल कर स्वयं घोषणा अभियान शुरु गरेको छ । नगरपालिकाले बहाल कर कार्यान्वयनमा ल्याउन पहिलो चरणमा स्वयं घोषणाको अभियान शुरु गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । अभियानका क्रममा स्वयं बहाल कर घोषणा गर्ने नगरका बासिन्दालाई नगरपालिकाले सम्मान गरेको छ । उक्त नगरपालिका –४ वडा कार्यालय ९दधिकोट० ले आयोजना गरेको सो कार्यक्रममा बहाल कर घोषणा गर्ने स्थानीयवासीलाई...
-
२०७५ चैत्र १५, शुक्रबार
यान्त्रिकरणले आलुखेतीमा सरलता
आलुखेतीमा यान्त्रिकरणले यहाँका कृषकलाई लगानी तथा उत्पादनमा निकै सरलता भएको पाइएको छ । आलुखेतीका लागि ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागत कम भएको र उत्पादनमा समेत कमी नभएको मण्डन देउपुर नगरपालिका–७ पौवाटारका कृषक गोविन्द नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “आलु रोप्ने ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागतमा कमी हुन्छ, समयको पनि बचत हुन्छ ।” उहाँको दुई रोपनी जमीनमा आलुको ड्याङ...
-
२०७५ चैत्र १५, शुक्रबार
लगानी सम्मेलनः लगानीका लागि सहज वातावरण निर्माण
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रको अध्यक्षता गर्दै उहाँले लगानीमैत्री वातावरण निर्माण गर्ने क्रममा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायत लगानीसम्बन्धी कानूनलाई पूर्णता...
-
२०७५ चैत्र १५, शुक्रबार
असिनाले हिउँदेबालीमा क्षति
रुकुम ९पूर्व० का विभिन्न स्थानमा परेको असिनाले गहुँ, जाँै र तरकारीबाली तथा फलफूललाई ठूलो क्षति पु¥याएको छ । यस वर्ष समयसमयमा हिउँदे वर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आशमा बसेका किसान अहिले चिन्तित बनेका छन् । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँ बाली राम्रो भएको थियो”, किसान टेकप्रसाद रोकाले भन्नुभयो, “खेतबारीमा नै सेताम्य हुने गरी असिना परेपछि सबै बाली सखाप...
-
२०७५ चैत्र १५, शुक्रबार
आयात घटाउन चैतेधान उत्पादनमा जोड
नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने धानमा रोक लागाउन चैतेधान उत्पादनमा थप जोड दिनुपर्ने सुझाव दिइएको छ । यस मौसममा बर्खाभन्दा चर्को घाम लाग्ने हुँदा असारको तुलनामा धेरै धान उत्पादन हुने भएकाले यसै महिनामा धान लगाउन कृषि विज्ञले सुझाव दिएका हुन् । चैत दिन लामो र रात छोटो हुने तथा घाम बढी समयसम्म लाग्ने महिना पनि हो । यो प्रायःआकाशमा बादल नलाग्ने बेला हो । सूर्यको ताप बढी हुने र सूर्यको...
-
२०७५ चैत्र १५, शुक्रबार
सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ ःघण्टाघर तनावग्रस्त
आज शुक्रबार हुने एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि...


