राष्ट्रिय
-
२०७५ चैत्र १२, मंगलबार
हेटौँडालाई नै स्थायी राजधानी गर्न माग
हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न मकवानपुरस्थित जनसरोकार केन्द्रले जोड दिएको छ ।मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक धुव्रप्रसाद चौलागाईंले केन्द्रीकृत मानसिकता त्याग्न सम्बन्धित सबैमा आग्रह गर्दैे राजधानीको विषयमा रहेको अन्योल हटाउन सुभाव दिनुभयो । हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको र...
-
२०७५ चैत्र १२, मंगलबार
बयासी वर्षीय बुदेले पाए नागरिकता
बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाउनुभएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेकोे प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिनुभयो । नागरिकता नहुँदा बोहराले लामो समयदेखि वृद्धभत्ता पाउन सक्नुभएको थिएन । त्यो सँगै नागरिकतासँग...
-
२०७५ चैत्र १२, मंगलबार
चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् । समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कारअन्तर्गत एक किलो सुन प्राप्त भएको छ । उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी...
-
२०७५ चैत्र १२, मंगलबार
पर्यटकीय गन्तव्य बन्दै रानी झरना
जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ । प्राकृतिक रूपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउँछ । करीब १० वर्षअघि मात्र स्थानीय बासिन्दाले झरना र पोखरीका विषयमा थाहा भएको हो । घाँसदाउरा गर्ने मानिसले देखे पनि यसको प्रचारप्रसार हुन नसक्दा ओझेलमै रहेको थियो । करीब ५० मिटर माथिबाट झरना बगिरहेको छ । वरपर हरियाली जङ्गलको बीचमा भागमा रहेको झरना क्षेत्रमा...
-
२०७५ चैत्र १२, मंगलबार
अलँैंची खेतीमा किसानको आकर्षण
पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आर्कषण बढेको छ । धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम अलैंँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैंँचीको आम्दानी बढी हुने भएकाले पनि अलैंँची खेतीमा किसानको आकर्षण बढेको केआइ सिंह गाउँपालिका काफलीका अलैँली खेतीका किसान नारायण धामीले बताउनुभयो । उहाँले भन्नुभयो “अलैँचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो...
-
२०७५ चैत्र १२, मंगलबार
मौसममा बदली, वर्षाको सम्भावना
मुलुकभरको मौसममा सामान्यदेखिपूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ...
-
२०७५ चैत्र १२, मंगलबार
खेलमैदानसहित पार्क बनाउन जग्गा दान
तनहुँको भिमाद नगरपालिका–९ निवासी दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी ९ आना जग्गा दान गर्नुभएको छ । खेलमैदानसहित पार्क निर्माणका लागि थापाले करीब रु १० लाख बराबरको जग्गा खरीद गरी पाथर्दी गाउँलाई दान गर्नुभएको हो । काठमाडाँैमा अपार्टमेन्टको व्यवसाय गर्नुभएका उहाँले आफ्नो गाउँको विकासका लागि खेलमैदान बनाउन जग्गा सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाथर्दी गाउँमा पर्यटक...
-
२०७५ चैत्र १२, मंगलबार
बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन
चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा अझै बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु हुन सकेको छैन । चैत १ गतेदेखि देशभर शुरु भएको तथ्याङ्क सङ्कलन उक्त गाउँपालिकामा भने सम्बन्धित कर्मचारीे अनुपस्थितिका कारण हुन नसकेको हो । गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आउनुभएका अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बस्नुभएकाले आएका सयौँ बेरोजगारले फाराम भर्न पाएका छैनन् । वडा वडामा...
-
२०७५ चैत्र १२, मंगलबार
दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो
दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो । बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छोड्नु पर्ने माग गर्दै स्थानीयवासीले सङ्घर्ष समिति बनाएर विरोध गरेका थिए । अन्य क्षेत्रमा सात मिटर कालोपत्रे, दायाँबायाँ...
-
२०७५ चैत्र १२, मंगलबार
१५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राससबाट
‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ भन्ने मूल नाराका साथ शुरु भएको १५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राष्ट्रिय समाचार समिति तुलसीपुर दाङ शाखाले गरेको छ ।तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडिबाट आज बिहान भएको सरसफाइ, आदर्श टोल हुँदै राष्ट्रिय समाचार समितिको व्यापारिक भवन अगाडि पुगेर समापन गरिएको थियो । सो अभियानमा ती सडकमा पर्ने नाला सफाइ, बोटबिरुवा गोडमेल र रोपिएका बिरुवा संरक्षण गरिएको थियो...
-
२०७५ चैत्र १२, मंगलबार
जनकपुरमा नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने
यही चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने सो सम्मेलनमा हिन्दी भाषाबारे विचारविमर्श, कविगोष्ठी र स्रष्टालाई सम्मान गरिने जनाइएको छ । सो अवसरमा यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार डा रामदयाल राकेशलाई प्रदान गरिने निर्णय गरिएको सम्मेलनका अध्यक्ष एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले जानकारी दिनुभयो । सो...
-
२०७५ चैत्र १२, मंगलबार
काँक्रेविहार पुनःनिर्माण
कर्णालीको पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण करिव ७० प्रतिशत सकिएको छ । मूर्तिकारको अभाव र रेखाङ्कनका भरमा काम गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयावधिभन्दा पुनःनिर्माण एक वर्ष पर धकेलिएको हो । जेठ मसान्तमा सकिएको म्याद पुरातत्व विभागले पुनः एक वर्ष थप गरेको थियो । काँक्रेविहार क्षेत्रको पर्खाल, उत्तर–दक्षिण तथा मुख्यद्वार निर्माण सकिएको छ । उत्खनन स्थलमा विभागले २०६१ सालमै शिखर शैलीको...


