राष्ट्रिय
-
२०७५ फाल्गुण २८, मंगलबार
स्वरोजगारका लागि सीपमूलक तालीम
बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले बागलुङमा क्रियाशील धौलागिरि ग्रामीण स्रोत विकास केन्द्र९डिआइआरडिसी०ले दुई वर्षदेखि विभिन्न सीपमूलक तालीम सञ्चालन गर्दै आएको छ । पुरुषलाई प्लम्बर तथा महिलालाई सिलाइकटाइ तालीम प्रदान गरिएको विकास केन्द्रले जनाएको छ । दैनिक सयौँ युवा विदेश जान थालेपछि नेपालमै स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालीम सञ्चालन गर्दै आएको धौलागिरि ग्रामीण स्रोत विकास...
-
२०७५ फाल्गुण २८, मंगलबार
सामाजिक सुरक्षा भत्ता घरघरमै
बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गर्नुभयो । घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा...
-
२०७५ फाल्गुण २८, मंगलबार
ट्राफिक प्रहरीलाई सहयोग सामग्री प्रदान
दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्ले प्रदेश नं। १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीलाई दश थान मोटरसाइकलसहित रु ३५ लाखको सहयोग सामग्री प्रदान गरिने भएको छ । सडक दुर्घटना न्यूनीकरण महाभियान झापाले सो कार्यालयलाई १० थान मोटरसाइकल, ब्रेथ लाइजर र ह्वील लकसहित ७०० चालक तथा परिचालकलाई पोशाक वितरण गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । अभियानले आज बिर्तामोडमा...
-
२०७५ फाल्गुण २८, मंगलबार
उपभोक्ता र व्यवसायी सचेत हुनुपर्ने
बजारमा पाइने उपभोग्य वस्तुको उपभोग र त्यसलाई बजारीकरण गर्ने व्यवसायीबीचमा दुवै उत्तिकै सचेत हुनुपर्ने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ३ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र खरीबोट उपशाखा पनौतीको संयोजनमा सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘उपभोक्ताको अधिकार र कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा आयोगका प्रदेश नं...
-
२०७५ फाल्गुण २८, मंगलबार
धम्कीसँगै चन्दा उर्दी
दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा...
-
२०७५ फाल्गुण २८, मंगलबार
मल्लकालमा कान्तिपुर इलाका कत्रो थियो ?
डा. साफल्य अमात्य मल्लकालमा कान्तिपुर इलाका कत्रो थियो र यसको विस्तार कसरी भयो भन्नेबारे बौद्धधर्मलम्वीहरुको अर्चा गुठीको सङ्घटनाबाट पनि थाहा पाइन्छ । यसै समयदेखि सम्पूर्ण कान्तिपुरलाई आर्चाय (अर्चा) गु्ठीको सङ्घटन गर्न र धार्मिक रीतिरिवाज चलाउन थथुपुइ, दथुपुइ, क्वगुपुइ र लाय्कुपुइ गरी जम्मा चार भागमा विभाजित गरिएको पाइन्छ । । पुइ भन्नाले नेपालभाषामा आआफ्नो गुठी वा परिवार भन्ने बुझिन्छ । थथुपुइ...
-
२०७५ फाल्गुण २८, मंगलबार
चार हजार युवालाई रोजगार बनाइँदै
सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना ९इभेन्ट०ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराउनुभयो । उहाँले छोटो अवधिका तीन महीने उक्त...
-
२०७५ फाल्गुण २८, मंगलबार
पूर्वमुमा बडामहारानीको स्वास्थ्यमा सुधार
पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँ स्वास्थ्यमा समस्या उत्पन्न भएपछि यही फागुन २१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ ।
-
२०७५ फाल्गुण २८, मंगलबार
स्तनपान कक्ष र पोषण कर्नरको स्थापना
सिस्ने गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरेको छ । महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाले कार्यालयभित्र स्तनपान कक्ष निर्माण गरेको हो । कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी तथा कामको सिलसिलामा गाउँपालिकासम्म पुग्ने सुत्केरी आमाले आफ्नो बच्चालाई सहजरुपमा स्तनपान गराउन सकून् भन्ने उद्देश्यले स्तनपान कक्ष र पोषण कर्नरको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । विशेष गरी...
-
२०७५ फाल्गुण २८, मंगलबार
नगरभित्रका विद्यालयमा एउटै पाठ्यपुस्तक र पोशाक
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पाठ्यपुस्तक पढाइ गराइने भएको छ । सामुदायिक र संस्थागत विद्यालयको गुणस्तर समान गराउन नगरपालिकाले दुबै प्रकारका विद्यालयमा एकै खालको पाठ्यपुस्तक पढाउने व्यवस्था गर्न लागिएको हो । यसअघि विद्यालयपिच्छे फरक÷फरक प्रकाशनको पाठ्यपुस्तक अध्यापन गराउँदै आएकामा अब दुवै विद्यालयमा एउटै प्रकाशनको पुस्तक अध्यापन गराउने तयारी थालिएको हो । नगरपालिकाको...
-
२०७५ फाल्गुण २८, मंगलबार
वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा प्रमुख अतिथिको लागि प्रधानमन्त्री ओलीलाई आग्रह
वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो सम्मेलन नेपालमा वर्ल्ड नेवाः अर्गनाइजेशन (WNO) नेपाल च्याप्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटघाट कार्यक्रम मंगलवार भएको छ । वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो सम्मेलन नेपालमा आउँदो मार्च २८ तारिखदेखि आयोजना हुँदैछ । उक्त तेस्रो सम्मेलन बृहत् रुपमा सम्पन्न गर्नको निम्ति वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टर सक्रिय रुपमा व्यवस्थापनतिर लागिरहेको छ । यस...
-
२०७५ फाल्गुण २८, मंगलबार
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको आजको भेटघाटमा उहाँले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभयो । “कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर केका लागि वार्ता गर्ने रु उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् रु बम...


