व्यक्तित्व
-
२०७८ कार्तिक ११, बिहिबार
मन्त्री झाँक्री अस्पताल भर्ना
काठमाडौं - सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भई बुधबार राती अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । मन्त्री भएपछि झाँक्री देश दौडाहामा निस्किएका थिईन् । दौडधुप र धपेडीका कारण उनलाई केही दिन आरामको जरुरी रहेको जनाईएको छ ।
-
२०७८ कार्तिक ११, बिहिबार
मन्त्री झाँक्री अस्पताल भर्ना
काठमाडौं - सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भई बुधबार राती अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । मन्त्री भएपछि झाँक्री देश दौडाहामा निस्किएका थिईन् । दौडधुप र धपेडीका कारण उनलाई केही दिन आरामको जरुरी रहेको जनाईएको छ ।
-
२०७८ कार्तिक १, सोमबार
नेपाल संवत् न्हूदँ समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जन रहेनन्
नेपाल संवत् न्हूदँ समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनकाे निधन भएकाे छ । ५४ वर्षीय महर्जनलाई कोरोना संक्रमण भइरहेकाे थियाे भने उहाँलाई निमाेनियाले समातेपछि आज साेमबार उहाँकाे मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । दिवंगत रमेश महर्जन उद्योगी एवं समाजसेवी थिए भने उहाँ रत्न आभूषण महासंघका पनि अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी दिवंगत महर्जन नेपाल मण्डल टेलिभिजनका अध्यक्ष तथा विवेकशील साझा...
-
२०७८ आश्विन ३१, आइतबार
मोहन वैद्य अस्पताल भर्ना
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार...
-
२०७८ आश्विन १८, सोमबार
माधव नेपाल अस्पतालबाट डिस्चार्ज
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन् । अध्यक्ष नेपालको निजी सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने जनाएको छ ।
-
२०७८ भाद्र २१, सोमबार
कीर्तिपुरका प्रथम जननिर्वाचित पूर्वमेयर हीराकाजी महर्जनको सठाइस वर्ष पुरानो ज्याकेट
–प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’ कीर्तिपुरको राजनीतिक इतिहासमा सच्चा कम्युनिष्ठको रुपमा चिनिने, जस्ले तीस बर्षको उमेरमै २०५४ सालमा स्थानीय चुनावमा निर्वाचित भएर कीर्तिपुर नगरको प्रथम मेयर बने, आज भन्दा चार बर्षअघि २०७४ सालको अन्त्यमा, तिनै हीराकाजी महर्जनलाई मैले एउटा क्याफेमा भेटाएँ । कफीमा निकै सौखिन उनलाई कफीको दुनियाँमा समातिनु सामान्य थियो । समसामयिक राजनीतिक कुराकानी हुने क्रममा, अर्कै...
-
२०७८ भाद्र १७, बिहिबार
काठमाडौं १९ वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन
काठमाडौं महानगरपालिका १९ वडाका वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । नर्भिक अस्पतालमा बिहीबार दिउँसो उनको निधन भएको थियो । खाना नलीको क्यान्सरबाट श्रेष्ठको निधन भएको हो । तीन महिनाअघि उनमा क्यान्सर पत्ता लागगेको थियो । श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान उनको शवलाई १९ वडा कार्यालयमा राखिने र दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने श्रेष्ठको परिवारले जानकारी दिएका छ । नेपाल विद्यार्थी...
-
२०७८ भाद्र १७, बिहिबार
कलाकार निशा घिमिरेको मृत्यु
काठमाडौं - मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्तिमा भनेका छन् ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं ।’ दुर्घटना...
-
२०७८ भाद्र ११, शुक्रबार
नेपालभाषा काव्य जगतका स्रष्टा पूर्ण वैद्य रहेनन्
नेपालभाषाको काव्य क्षेत्रमा आधुनिकताको जग राख्नुहुने कवि पूर्ण वैद्यको बिहीबार निधन भएको छ । कवि वैद्यको बिहीबार बेलुका पाटनको निदान अस्पतालमा मृत्यु भएको हो । वैद्यको परिवारका अनुसार शुक्रबार बिहान पशुपतिमा अन्तिम संस्कार गरिने भएको छ । कब्जियतको समस्या रहेका वैद्य भदौ २ गते निदान अस्पतालमा उपचारार्थ भर्ना भएका थिए भने उहाँको कोरोना परीक्षण पनि पोजेटिभ आएको थियो । भेन्टिलेटरमा उपचारार्थ वैद्यले...
-
२०७८ भाद्र ९, बुधबार
नेवाः जागरण मञ्च व्यापारिक समितिका अध्यक्ष रहेनन्
काठमाडौं – नेवाः जागरण मञ्च व्यापारिक समितिका अध्यक्ष मेघबहादुर श्रेष्ठको ७६ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार दिवंगत भएका श्रेष्ठ प्रतिष्ठित व्यापारी एवं समाजसेवी हुनुहुन्थ्यो । उहाँका तीनजना छोरा र जहान हुनुहुन्छ । ठूलो छोरा नेवार क्षेत्रका सक्रिय अभियन्ता हुनुहुन्छ भने अरु दुई छोराहरु निरेश श्रेष्ठ र दिनेश श्रेष्ठ नेवाः जागरण मञ्चका सदस्य पनि हुनुहुन्छ ।
-
२०७८ श्रावण ९, शनिबार
कलाकार डंगोललाई मिर्गौला दिन ५ जना आफन्त इच्छुक
काठमाडौँ - दुवै मिर्गौला फेल भएपछि हाल टिचिङ अस्पतालमा उपचार गराइरहेकी हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले मृगौला पाउने भएकी छिन् । पल्पसाका भाइ राजुले मिर्गौला दिन ५ जना आफन्त तयार भएको जानकारी दिएका छन् । उनले भने ‘अहिले हामीले दिदीका लागि मिर्गौला पाइसकेका छौँ । चार–पाँच जनाले दिने भनेर आउनुभएको छ, तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ।’ टेलिसिरियल ‘मेरीबास्सै’ मा...
-
२०७८ श्रावण ६, बुधबार
चित्रकलाका शिखर पुरुष, नेपाली फिल्मका प्रथम भिलेन उत्तम नेपालीको निधन
नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । विशिष्ट कलाकर्मि नेपालीकोबारे धेरै कुरा प्रकाशमा आएपनि उहाँ नेपाली फिल्मका प्रथम भिलेन हुनुहुन्छ भन्ने कुरा खासै बाहिर आएको छैन । उहाँले वि सं २०२२ साल असोज १५ गते प्रदर्शित आमा फिल्ममा खराब मानिस यानिकी भिलेन भएर अभिनय गर्नु भएको थियो । यस हिसाबले उत्तम नेपाली नेपाली फिल्म क्षेत्रका पहिलो भिलेनका रुपमा लिनु...


