शिक्षा
-
२०७८ भाद्र २२, मंगलबार
असोज १ देखि काठमाडौंका विद्यालय खाेल्ने निर्णय
काठमाडौँ — काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको जनइएकाे छ । बैठकले स्वास्थ्य अवस्थाको...
-
२०७८ भाद्र २०, आइतबार
भौतिक रुपमै विद्यालय सञ्चालन गर्न जिप्रका र स्थानीय तहबीच छलफल हुने
काठमाडौं - उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै स्थानीय तहहरु विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । काठमाडौं जिल्लाका स्थानीय तहहरुले आगामी साताबाट भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने जनाएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तहहरुलाई छलफलका लागि बोलाएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाअनुसार विद्यालय भौतिकरुपमा सञ्चालन गर्न सकिने अवस्था हो या होईन सो विषयमा बुझ्न जिल्लाका...
-
२०७८ भाद्र १७, बिहिबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । बोर्डले परीक्षाको समय तालिका समेत प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड...
-
२०७८ श्रावण २७, बुधबार
भौतिक रूपमै परीक्षा दिने विद्यार्थीलाई कोरोनाको खोप
त्रिभुवन विश्वविद्यालयले संचालन गरिरहेको परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका निर्देशक झलक गौतमका अनुसार भौतिक रूपमा उपस्थिति भएर परीक्षा दिँदा विद्यार्थीले जोखिम मोल्नु परेको गुनासो बढेपछि खोप दिने भएको हो । खोप लगाउन जाँदा विद्यार्थीले आफ्नो प्रवेशपत्र अनिवार्य बोक्नुपर्ने उनले बताए । विद्यार्थीले खोप...
-
२०७८ श्रावण २४, आइतबार
रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातकोतर समावेश गराउन क्याम्पस प्रमुख र त्रि.वि. डिन कार्यालयलाई अनुरोध
नेवाः विद्यार्थी युनियनको पहलमा रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातकोतर तहमा अध्ययन गराउन मार्ग राख्दै संयुक्त रूपमा मातृभाषानुरागी विध्याथीहरूले सो क्याम्पसका प्रमुख जीवनधर ज्ञवाली र त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, मानविकी विभागलाई संयुक्त रूपमा साउन २१ गते ज्ञापन पत्र हस्तातरण गरेका छन् । सो पत्रमा नेपालको संविधान २०७२ को प्रस्तावनामा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधता...
-
२०७८ श्रावण २३, शनिबार
त्रिविका परीक्षा स्थगित नहुने
काठमाडौं - काेराेना संक्रमण बढ्दै गएकाे भन्दै कक्षा १२ लगायतका अन्य परीक्षा स्थगित भएपनि त्रिविका परीक्षा भने स्थगित नहुने भएका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने जानकारी दिए । हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका...
-
२०७८ श्रावण २३, शनिबार
कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं - कक्षा १२ को परीक्षा स्थगित भएकाे छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ ।...
-
२०७८ श्रावण २३, शनिबार
एसईई २०७७ को नतिजा प्रकाशित
काठमाडौं - माध्यामिक शिक्षा परीक्षा (एसईई)काे नतिजा प्रकाशित भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित गरेको हो । कोरोना महामारीका कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन। नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट...
-
२०७८ श्रावण २३, शनिबार
एमबिबिएस प्रवेश परीक्षाका सर्वोत्कृष्ट विद्यार्थी भन्छन्: सफलताको साँचो आत्मविश्वास
काठमाडौं : ‘हुने बिरुवाको चिल्लो पात’, यो उखान विश्वनिकेतन माध्यमिक विद्यालयका विद्यार्थी आशिक झामा लागु भएको छ। चिकित्शा शिक्षा आयोगले बिहीबार राति प्रकाशन गरेको एमबिबिएस प्रवेश परीक्षा नतिजामा झाले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्। धनुषा जिल्लाको सबैला नगरपालिकामा जन्मेका झा निम्नवर्गीय परिवारका हुन्। सुरुदेखि नै सरकारी स्कुलमा पढ्दै आएका उनले विज्ञान विषय लिएर कक्षा ११ र १२ काठमाडौंको...
-
२०७८ श्रावण २२, शुक्रबार
सबै तहका परीक्षा स्थगित गर्न मन्त्रालयको सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमणको जोखिम बढेको भन्दै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको जानकारी दिए । ‘कोभिड–१९ संक्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ । स्वास्थ्य तथा...
-
२०७८ श्रावण १३, बुधबार
एसईई नतिजा २५ साउनभित्र सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर...
-
२०७८ आषाढ १२, शनिबार
त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष
काठमाडौं - त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ। कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए। ‘कोरोना भाइरसको तेस्रो लहर आए...


