शिक्षा
-
२०७७ मङ्सिर २०, शनिबार
सरकारले गुपचुप राखेको प्रतिवेदन सार्वजनिक
काठमाडौं - उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ का बहुमत सदस्यले आयोगको प्रतिवदेन सार्वजनिक गरेका छन्। २०७५ माघ १ गते प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनलाई सरकारले गुपचुप राखेपछि आयोगका पूर्व पदाधिकारीले शुक्रबार नेपालको पहिलो सार्वजनिक विद्यालय दरबार हाइस्कूलमा प्रतिवेदन सार्वजनिक गरेका हुन्। विद्यालय तहदेखि उच्च शिक्षासम्म सुधार गर्नुपर्ने विषयलाई आयोगले प्रतिवदेनमा समावेश गरेको छ। आयोगका...
-
२०७७ मङ्सिर १९, शुक्रबार
काठमाडौं महानगरपालिकाको स्थानीय पाठ्यपुस्तक तयार
आफ्नो मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक काठमाडौं महानगरपालिकाले तयार गरेको छ । महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो । नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत...
-
२०७७ मङ्सिर १७, बुधबार
त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । समस्या समाधानका लागि आयोगलाई पटक–पटक गरिएको आग्रहको सुनुवाइ नभएकाले अदालतमा जानुपरेको...
-
२०७७ मङ्सिर १६, मंगलबार
त्रिविका क्याम्पसहरुमा भौतिक रुपमै पढाइ हुने
काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए । भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको प्रा.डा....
-
२०७७ मङ्सिर ७, आइतबार
कक्षा १२ को परीक्षा स्थगित हुने हल्लामा नलाग्न आग्रह
काठमाडौं – कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा आउँदो मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। बोर्डले केही...
-
२०७७ कार्तिक ६, बिहिबार
सिटीईभिटीको परीक्षा ८ मंसिरबाट
विराटनगर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने भएको छ । सिटीईभिटीले कोभिड–१९ का कारण स्थगित परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने सिटीइभिटीले...
-
२०७७ कार्तिक ५, बुधबार
छठलगत्तै कक्षा १२ को परीक्षा हुने
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले छठलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गरिने भएको छ । कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत...
-
२०७७ आश्विन ३०, शुक्रबार
शुल्क बढाएपछि विद्यालयमै अभिभावककाे प्रदर्शन
काठमाडौं – काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मासिक शुल्क बढाएपछि विद्यालयमै पुगी अभिभावकहरुले विराेध प्रदर्शन एवं घेराउ गरेका छन् । अभिभावकहरुले कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् । महामारीको अवस्थामा विद्यालय पनि बाँच्नु पर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको...
-
२०७७ आश्विन २५, आइतबार
‘सामाजिक अध्ययन र जीवनोपयोगी’ शिक्षा कसरी पढाउने ?’
काठमाडौँ – सरकारले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अनिवार्य विषयका रुपमा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा समावेश गरेपछि विषयगत शिक्षकहरु शिक्षणको तयारीमा लागेका छन् । विषयगत शिक्षकले माथिल्लो कक्षासम्म पहिलो पटक उक्त विषय समावेश भएपछि आफूहरुलाई सरकारले प्रवोधीकरण छिटो गराउनुपर्ने आवाज उठाउँदै आफ्नो तहबाट पनि बहश र प्रशिक्षणमा जुटेका छन् । ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी पढाउने...
-
२०७७ आश्विन २२, बिहिबार
उपप्राध्यापक कुटिएपछि प्राध्यापकहरु आन्दोलनमा
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन् । घटना भएको तीन दिनसम्म पनि अपराधि पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र पनि बुझाएका छन् । असोज २० गते...
-
२०७७ आश्विन २१, बुधबार
बिजुली जाँदा अनलाइन पढ्ने विद्यार्थी हैरान
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटकपटक बत्ती जाने गरेको हो । अनलाइनबाट दैनिक डेढ घण्टासम्म अध्ययन गर्ने गरेकामा...
-
२०७७ आश्विन १९, सोमबार
त्रिविको अनुसन्धानमूलक जर्नल प्रकाशित
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको अनुसन्धानमूलक ‘जर्नल’ को आज भर्चुअलरुपमा लोकार्पण गर्नुभएको छ । त्रिवि अनुसन्धान केन्द्रद्वारा प्रकाशित सो जर्नलमा कोभिडसम्बन्धी १९ अनुसन्धानमूलक सामग्री छन् । मन्त्री पोखरेलले बन्दाबन्दीपछिको स्थितिमा अनलाइन कक्षा र अनुसन्धानका क्षेत्रमा त्रिविले गरेका कार्य उल्लेखनीय भएको बताउनुभयो ।...


