STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८२ चैत्र २१, शनिबार

    भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयाेजना गरेको  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ ।  सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो ।  तिब्बती गोठालाहरूको जीवन र मानव-वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा...

  • २०८२ चैत्र २१, शनिबार

    बिकास बाेर्डद्वारा महिला चलचित्रकर्मीहरू सम्मानित

    चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ। समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु भएका १० जना महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको छ।  समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव...

  • २०८२ चैत्र १९, बिहिबार

    निफकाे नवाैं संस्करण इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयाेजित  नवौं स‌ंस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म पाँच दिन चल्ने  निफमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरू गरिएको हो ।  सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत...

  • २०८२ चैत्र १९, बिहिबार

    चलचित्रकर्मिहरुले सिके प्रोस्थेटिक मेकअप

    चलचित्र विकास बोर्डको आयोजना तथा लाइट बेन्डर्सको संयोजनमा सञ्चालन गरिएको   नेपाली चलचित्र क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धितर्फ महत्वपूर्ण मानिएको प्रोस्थेटिक मेकअप तालिम सम्पन्न भएको छ । उक्त तालिमका २६ जना सहभागीलाई बुधबार  प्रमाणपत्र प्रदान  गरिएको हो ।  तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष दिनेश डिसीको साथमा  चर्चित कलाकार गौरि मल्ल र बिपिन कार्की विशेष अतिथिका रूपमा सहभागी...

  • २०८२ चैत्र १९, बिहिबार

    चलचित्रमा गीतको भूमिकाबारे बिकास बाेर्डमा बहस

    गीतकार संघ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा गीतको भूमिका तथा गीतकारको हक अधिकार सम्बन्धी कार्यशाला’ सम्पन्न भएको छ । बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा बोर्डकै सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पूर्व मन्त्री तथा वरिष्ठ कवि-गीतकार एसपी कोइराला, वरिष्ठ गायिका मीरा राणा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी,...

  • २०८२ चैत्र १८, बुधबार

    क्रिटिक्स अवार्ड २०८१' मा शाम्बाला उत्कृष्ट घाेषित

    चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले विगत लामो समयदेखि नेपाली चलचित्रको गुणात्मक विकास र समीक्षात्मक चेतलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदान गर्दै आएको 'क्रिटिक्स अवार्ड' को वर्ष २०८१ को नतिजा बुधबार  सार्वजनिक गरेको छ ।  समाजका सदस्यहरूले वर्षभरि प्रदर्शनमा आएका चलचित्रहरूको सूक्ष्म अध्ययन, विश्लेषण र मूल्याङ्कनका आधारमा १० विधामा उत्कृष्ट स्रष्टाहरू छनोट गरेको हो । यस वर्ष एक भव्य समारोहका...

  • २०८२ चैत्र १८, बुधबार

    पहिलो रंगीन नेपाली फिल्मकाे प्रदर्शन र दस महिला चलचित्रकर्मि सम्मान गर्ने उदघाेष

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डद्वारा आयोजित चार दिने ‘महिला चलचित्र महोत्सव’ मंगलबार  भव्य रूपमा उद्घाटन भएको छ। महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ भने पहिलो दिन बुधबार पहिलो नेपाली रंगीन चलचित्र  कुमारी काे...

  • २०८२ चैत्र १६, सोमबार

    स्वतन्त्र संसार महर्जनका योगदानलाई सम्मान र सम्झना स्वरुप गाला नाइट सम्पन्न

    नेपालभाषाकाे गीतसंगीत क्षेत्रका अमर कलाकार स्वतन्त्र संसार महर्जनको सम्झनामा “गाला नाइट” नामक संगीत कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष दिनेश डिसि रहेका थिए भने कार्यक्रमको आयोजना रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो। सनराइज क्याफे एण्ड ब्यांक्वेटमा  शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ र लोकप्रिय...

  • २०८२ चैत्र १२, बिहिबार

    चलचित्रका लागि प्रोस्थेटिक मेकअप तालिम आरम्भ

    चलचित्र विकास बोर्डको आयोजनामा “Prosthetic Make Up Training” आजबाट औपचारिक रूपमा सुरु भएको छ। बरिष्ठ सिनेमाटोग्राफर प्रमोद प्रधान र पुरुषोत्तम प्रधानको उपस्थितिमा उद्घाटन गर्दै अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन अत्याधुनिक प्राविधिक सीप अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रोस्थेटिक मेकअप जस्तो विशेष प्रविधिले पात्रलाई जीवन्त बनाउने र कथालाई अझ...

  • २०८२ चैत्र १२, बिहिबार

    जितु नेपालकाे "आई. एम. जीतबहादुर"को टिजर सार्वजनिक

    लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर बिहीबार  चैत दशैंकाे दिन  सार्वजनिक  गरिएको को छ ।भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडीका रुपमा  भने अभिनेत्री बर्षा राउतले अभिनय गरेकी...

  • २०८२ चैत्र ११, बुधबार

    निफकाे नवाैं संस्करणमा रसियन फिल्म डेज पनि समावेश

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानकाे तत्वावधानमा  चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू पनि देखाइने  भएका छन् । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू देखाउन  लागेको कुरा  आयोजकले बताएको छ । निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा फिल्महरू ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द...

  • २०८२ चैत्र ९, सोमबार

    चलचित्र निर्माणमा कृत्रिम बाैद्धिकतासम्बन्धी तालिम सुरु

    नेपाली चलचित्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले काठमाडौँमा ‘सिनेम्याटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात चलचित्र निर्माणमा कृत्रिम बाैद्दिकताकाे उपयोग  विषयक दुईदिने कार्यशाला सुरु भएको छ। चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलायन्स (नाइफा)को सहकार्यमा आयोजित उक्त कार्यशालामा दुई सयभन्दा  बढी चलचित्रकर्मीको सहभागिता रहेको छ। चावहिलस्थित चलचित्र विकास बोर्डको...

Pages