-
२०७५ चैत्र ४, सोमबार
सुदूरका गीतमा ‘र्याप’ को चर्चा
‘र्यापर’ तथा सङ्गीतकार राजेन्द्र भट्ट ९मिष्टर आरजे०ले पछिल्लो केही वर्षयता सुदूरपश्चिमका देउडादेखि यहाँका मौलिकता झल्किने गीतहरुमा ‘र्याप’ मिसाउन थालेपछि यहाँको साङ्गीतिक बजार तातेको छ । काठमाडौँमा रहेर र्याप तथा सङ्गीत दिँदै आएका कञ्चनपुरको दोधारा चाँदनीका र्यापर राजेन्द्र भट्टले विगत चार वर्षयता सुदूरपश्चिमको भाषा ९डोट्याली० लाई र्याप विधाबाट बजारमा ल्याउँदै आउनुभएको छ । “र्याप सङ्गीतभित्रको...
-
२०७५ चैत्र ४, सोमबार
पर्यटनमा देखिएका उपलब्धि
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी गत वर्ष चैत २ गते सिंहदरबारमा आफ्नो पदबहालीका क्रममा भन्दै हुनुहुन्थ्यो, पर्यटन क्षेत्रमा प्रभावकारी सुधार ल्याएरै छोड्छु । मन्त्री अधिकारीले आफ्नो पहिलो नीतिगत निर्णय ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने र निर्माणाधीन पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय निर्माणको प्रभावकारी निर्माण अघि...
-
२०७५ चैत्र ४, सोमबार
प्रमुख सडकमा बत्ती जडान हुने
रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजारबत्ती जडान गर्ने भएको छ । आगामी वैशाख १ गतेबाट कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा सो बत्ती जडान गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । बत्ती जडान गर्नका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको कामपाका प्रवक्ता...
-
२०७५ चैत्र ४, सोमबार
सागबाट लाख
म्याग्दीमा साग बेचेर एक किसानले रु एक लाखभन्दा बढी कमाइ गर्न सफल हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट खबराका ६१ वर्षीय चन्द्रबहादुर कार्कीले साग बेचेर मात्रै वार्षिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आउनुभएको छ । म्याग्दीमा नै सबैभन्दा बढी साग उत्पादन गर्ने जिल्लाका अगुवा कृषक कार्कीले मुख्य याममा दैनिक ५० किलोसम्म साग बेच्नुहुन्छ । आफ्नै सीप र अनुभवबाट साग उत्पादन गर्दै आउनुभएका...
-
२०७५ चैत्र ४, सोमबार
जीर्ण भवनमा कैदीबन्दी
बाँके जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भए पनि जिल्लामै निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । कारागार व्यवस्था विभागले बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा बनाउन लागेको कारागारको १५ प्रतिशत काम मात्रै सकिएको छ । दश बिघा क्षेत्रफलमा निर्माण शुरु गरिएको कारागार अलपत्र परेको छ । निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको थियो । निर्माणाधीन कारागार तीन...
-
२०७५ चैत्र ४, सोमबार
नयाँ निजी विद्यालय सञ्चालनको अनुमति नदिइने
ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ । नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले...
-
२०७५ चैत्र ४, सोमबार
डिजिटल नेपाल निर्माणमा प्राधिकरणको भूमिका महत्वपूर्ण ः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले त्यसको नीतिसहित पूर्वाधार निर्माणको नेतृत्व गर्न र यस क्षेत्रमा देखिएका बेतिथिलाई रोक्न प्राधिकरणको भूमिका महत्वपूर्ण...
-
२०७५ चैत्र ४, सोमबार
शेयर बजार सात अङ्कले घट्यो
पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७।४७ विन्दुले घटेर एक हजार १५३।९८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।६२ विन्दुले घटेर २४५।५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर रु ३६ करोड सात लाख नौ...
-
२०७५ चैत्र ४, सोमबार
क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा
युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुग्नुभएको छ । क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा राष्ट्रले निन्दा गरेपनि अधिकांश रुसीले उक्त कदमको स्वागत गरेका छन् । रुसले क्रिमियालाई मार्च २०१४ मा आफ्नो मुलुकमा विलय गराएको थियो । क्रिमियामा रहँदा राष्ट्रपति पुटिनले एउटा विद्युत गृहको शुभारम्भ गर्ने कार्यक्रम रहेको क्रेमलिनले...
-
२०७५ चैत्र ४, सोमबार
विराटनगर–ढाका हवाईसेवा सञ्चालन आवश्यक
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाईसेवा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बङ्गालादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्त रुपमा आयोजित “व्यापार र पर्यटन प्रवद्र्धनमा हिमालयदेखि समुद्रसतहसम्म” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नेपालको व्यापार घाटा कम गर्नका लागि भएपनि बङ्गलादेशी पर्यटक नेपाललाई...
-
२०७५ चैत्र ३, आइतबार
हतियार बुझाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नाममा जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार बुझाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सुनसरी जिल्लाको वर्जु गाउँपालिकामा पर्ने वर्जु ताल निरीक्षणपछि आज आयोजित कार्यक्रममा पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले स्वागत गर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार निर्मूल गरी मुलुकमा सुशासन कायम...
-
२०७५ चैत्र ३, आइतबार
अध्यक्ष दाहाल आज अमेरिका जाँदै
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उहाँको गत...


