-
२०७५ कार्तिक १५, बिहिबार
नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्वायत्त प्रदेश घोषणाको माग
नेवाः ताम्सालिङ समन्वय समितिले नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्यायत्त प्रदेश घोषणा गर्न माग गर्दै विभिन्न कार्यक्रम अगाडि सारेको छ । समितिले संख्याकरण गरी नेवाः स्वायत्त प्रदेश र ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने माग गरी कोणसभा अभियान सुरु गरेको हो । अमियानले बुधबार काठमाडौंको असनमा कोणसभा गरेको थियो भने साँझ ३ बजे कालिमातिमा पनि कोणसभा गरेको थियो । त्यसैगरी बुधबार देखि नै कार्तिक १९...
-
२०७५ कार्तिक १५, बिहिबार
नेपाल संवत नयाँ वर्षको अवसरमा जिल्ला जिल्लामा विविध कार्यक्रम
नेपालको मौलिक संवत् नेपाल संवत ११३९ नयाँ वर्षको अवसरमा पाटनको भिन्छेँबहालमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहीँ आउँदो नेपाल संवत ११३८ कौलागा आमई लक्ष्मीपूजाका दिन कार्तिक २१ गते बुधबार सो कार्यक्रम गर्ने आयोजकले जनाएको छ । ललितपुरको भिन्छेँबहालको मयूरवर्ण मिसा पुचःको आयोजनामा हुन गइरहेको सो सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्नको लागि आयोजक मयूरवर्ण महाविहार मिसा पुचःलाई...
-
२०७५ कार्तिक १५, बिहिबार
प्रजातान्त्रिक योद्धा यादवको निधन
बर्दिवास, महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ । राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उहाँलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको छ । पछिल्लो समय जिल्लाको चेरुगणन्ता साझेदारी वन उपभोक्ता समितिमा उहाँ आवद्ध...
-
२०७५ कार्तिक १५, बिहिबार
युवतीको शव फेला
सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ ।सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसँगैको खेतमा फेला परेको हो । युवतीको शव परीक्षणका लागि सिराहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।रातो कुर्ता, कालो सुरुवाल, कालो स्वेटर र आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव...
-
२०७५ कार्तिक १५, बिहिबार
ललितपुर महानगरपालिकाको तीन स्थानमा इकोपार्क बन्न
ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय हरियाली इकोपार्क निर्माण गर्ने भएको छ । यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर नपु¥याई...
-
२०७५ कार्तिक १५, बिहिबार
तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित
ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज पराजित भएको छ । बुद्धवार साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकिनन् । बेइजिङ फोनिक्ससँग नेपालको यो लगातार दोस्रो हार हो । सोमबार भएको पहिलो खेलमा...
-
२०७५ कार्तिक १५, बिहिबार
‘सरकारको लोकप्रियता घटेको छैन’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको बताउनुभएको छ । विमानस्थलमा आज यहाँ सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनताले दिएको जनादेशअनुसार सरकारले काम गरिरहेकाले यसको लोकप्रियतामा कुनै कमी नआएको प्रस्ट पार्नुभयो । सरकारले चिनीको बिक्री मूल्य रु ७० तोकेको हुनाले सोही अनुसार उपभोक्तालाई खरीद गर्न आग्रह गर्दै कहीँ कतै उक्त मूल्यभन्दा...
-
२०७५ कार्तिक १५, बिहिबार
रेडक्रसको प्रदेश कार्यालय
नेपाल रेडक्रस सोसाइटीको गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएको छ । बुधबार प्रदेश कार्यालय सञ्चालन शुभारम्भ गर्दै रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले मानवीय सेवाका विभिन्न क्षेत्रमा काम गर्न कार्यालय सञ्चालन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घीयतासँगै आफूहरुले प्रदेश समिति र कार्यालय सञ्चालनमा ल्याएको सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
-
२०७५ कार्तिक १५, बिहिबार
पूजाले छाडेकी हुन् नाल्बोको फिल्म ?
निर्देशक सुदर्शन थापाको छत्रछाँयामा बसेर अभिनेत्री पूजा शर्माले ठूलो सफलता हात पारेकी छन् ।मधुमासु बाट हात लिएका निर्देशक थापाले पछिल्लो रिलिज फिल्म रामकहानीु सम्म उनलाई छुटाएनन् । अहिले पूजाको नामले दर्शक हलसम्म आउने माहोल बनिसकेको छ । प्रेमगीतु बाट रातारात चम्किएकी उनी चाँडै सुदर्शनकै निर्देशनमा बन्न लागेको नयाँ फिल्म सम्हालिन्छ कहिले मनु गर्दैछिन् । आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश...
-
२०७५ कार्तिक १५, बिहिबार
बियुस मान प्रधानद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्डलाई आर्थिक सहयोग
कोलोराडो ,अमेरिका निवासी बियुस मान प्रधानद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ ।प्रधानले आउँदो नोवेम्बरमा काठमामाडौंमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गर्ने ग्लोबल नेपाल नेटवर्कले सार्वजनिक गरेको छ ।ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप अवार्ड प्रदान गर्न ३० लाख...
-
२०७५ कार्तिक १५, बिहिबार
‘महिला गीतकार सम्मान’बाट खत्री सम्मानित
काठमाडौं, असोज १४ । साहित्यकार गीता खत्रीलाई बुधबार ‘महिला गीतकार सम्मान’बाट सम्मानित गरिएको छ । महिला गीतकार संघ नेपालले विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको अवसरमा राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सम्मान समारोह २०७५’ का अवसरमा साहित्यकार तथा गीतकार खत्री सम्मानित भएकी हुन् । उनलाई वरिष्ठ साहित्यकार भद्रकुमार घले, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी...
-
२०७५ कार्तिक १४, बुधबार
प्रधानमन्त्रीद्वारा अनौपचारिक रूपमा काम थालनी
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गर्नुभएको छ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन...


