-
२०८२ माघ २०, मंगलबार
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।” कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न...
-
२०८२ माघ १९, सोमबार
रहेनन् कीर्तिपुरका ज्ञानमाला भजन सर्जक एवं बौद्ध उपासक जुलुम शाक्य
कीर्तिपुर । पद्मकीर्ति महाविहार शाक्य सना गुथिका थकाली न्वकू कीर्तिपुर १० वडा चिथु विहारका जुलुम शाक्य ७२ वर्षको उमेरमा ने.सं. ११४६ सिल्लाथ्व चतुदर्शी २०८२ माघ १७ गते शनिबार राती ८ः३० बजे दिवंगत हुनुभएको छ । दिवंगत शाक्यको अन्तिमर संस्कार आइतबार कीर्तिपुरको दीखु घाटमा भएको हो । केही वर्ष अघिदेखि मुटु सम्बन्धी रोगले ग्रसित शाक्यको दुई हप्ता अघि मात्र धुलिखेल अस्पतालमा ‘ओपन हर्ट सर्जरी’ (अपरेशन)...
-
२०८२ माघ १८, आइतबार
प्रतिनिधिसभा सदस्य निर्वाचनः आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल
काठमाडौँ, निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घनका घटनाबारे नागरिकले प्रमाणसहित उजुरी दिनसक्ने गरी अलग्गै इमेलको व्यवस्था गरिएको...
-
२०८२ माघ १८, आइतबार
चुनाव प्रचारप्रसारमा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह
काठमाडौँ, नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग गर्न आग्रह गरेको छ । आज महामन्त्री मीनबहादुर मल्लले जारी गर्नुभएको विज्ञप्तिमा रेडक्रसको चिह्न जेनेभा महासन्धीअनुसार अन्तरराष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि रेडक्रसको चिह्नको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ । “आगामी...
-
२०८२ माघ १८, आइतबार
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
काठमाडौँ, १सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न निर्देशनात्मक आदेश गरेको छ ।न्यायाधीश डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयन गर्न निर्देशनात्मक आदेश गरेको हो ।पूर्णपाठमा भनिएको छ, “सङ्घ, प्रदेश तथा स्थानीय तह र तीनवटै...
-
२०८२ माघ १७, शनिबार
सम्बन्ध विच्छेदका कारण बालश्रमको बढ्दै
भोजपुर,सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर पार्न थालेको छ । पारिवारिक विखण्डनसँगै अभिभावकको संरक्षण, माया–ममताबाट वञ्चित बालबालिका श्रममा धकेलिन थालेका छन् । वैवाहिक सम्बन्ध टुट्ने क्रम बढ्दै जाँदा धेरै बालबालिका विद्यालय छोडेर रोजगारीमा लाग्न बाध्य भएका छन् । आमा–बुवाको सम्बन्ध विच्छेद सिर्जित आर्थिक अभाव, भावनात्मक अस्थिरता तथा अभिभावकत्वको कमीका कारण उनीहरू घरेलु काम, होटल,...
-
२०८२ माघ १७, शनिबार
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छाया दर्शन’
काठमाडौँ, १७ माघः पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छाया दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छाया दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने भक्तजनलाई छाया दर्शन गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो...
-
२०८२ माघ १७, शनिबार
ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा
काठमाडौँ, काठमाडौँ महानगरपालिका ९कामपा० ले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि आइतबारदेखि थालिने भएको छ । त्यसका लागि घरदैलोमा पुग्ने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन पनि प्रदान गरिएको छ । आर्थिक अवस्था कमजोर भएका र...
-
२०८२ माघ १७, शनिबार
गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह
रसुवा,रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ । बरफ जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ ।पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी...
-
२०८२ माघ १७, शनिबार
हेमन्ता राईको ‘महङ्गो मायाँ’ सार्वजनिका
काठमाडौं १५ माघ । गायनको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउनु भएका लोकप्रिय गायिका हेमन्ता राईको सुमधुर स्वरमा नयाँ गीत ‘महङ्गो माया’ को भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ । बिष्णु भट्टको शब्द तथा संगीत, देबेश राईको एरेन्ज, रबिना लिम्बुको श्रृंगार, इसाक जाबेगुको छायांकन, सम्पादन रहेको छ ।
-
२०८२ माघ १६, शुक्रबार
जाँड" सबैले हेर्न मिल्ने
चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । चलचित्र राजु शाहको निर्देशन बनेको यो चलचित्रलाई समितिले पिजी सर्टिफिकेट दिएको हो । गत निफ फिल्म फेस्टिभलमा शुभमुर्हूत गर्दै छायांकनमा निस्किएको यो चलचित्र नगरकोटको आसपासका स्थानमा छायांकन गरिएको छ । राजेन्द्र भट्टको निर्माण रहेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी,...
-
२०८२ माघ १६, शुक्रबार
कीर्तिपुरमा बाघभैरवको म्यूजिक भिडियो विषयक पत्रकार सम्मेलन माघ १७ गते शनिबार
कीर्तिपुर । आःजु द्यः भजन संकिपा पुचःको आयोजनामा ने.सं. ११४६ सिल्लाथ्व त्रयोदशी÷चतुर्दशी २०८२ माघ १७ गते शनिबार बिहान ८ बजे कीर्तिपुर नगरपालिका ३ वडा खासिबजारस्थित पासा पुचः कीर्ति क्लब भवनको सभाकक्षमा पत्रकार सम्मेलन हुने भएको छ । कीर्तिपुरको ऐतिहासिक सम्पदा आःजु द्यः बाघैरवको म्यूजिक भिडियो निर्माण गर्ने विषयमा उक्त पत्रकार सम्मेलन हुने जानकारी आयोजक आःजु द्यः भजन संकिपा पुचःले दिएको छ ।...


