STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साग पदक विजेता सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १९, आइतबार

तेह्रौँ दक्षिण एशियाली खेलकूद साग मा पदक विजेता जिल्लाका तीन खेलाडीलाई बागलुङ नगरपालिकाले नगदसहित सम्मान गरेको छ । कराँतेका स्वर्ण पदक विजेता तमानखोला गाउँपालिका–२ का नवीन रसाइली, भलिबलमा रजत पदक विजेता गलकोट नगरपालिका–१० की सुस्मिता पुन, कराँतेमै कास्यपदक विजेता तमानखोलाकै राजकुमार रसाइलीलाई क्रमशः नगद रु १० हजार, सात हजार ५०० र पाँच हजारसहित सम्मान गरिएको हो । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल सङ्घ बागलुङको संयोजनमा यहाँ जारी दोस्रो बागलुङ मेयरकप राष्ट्रिय फुटबल प्रतियोगिताको अवसरमा पूर्वराज्यमन्त्री चम्पादेवी खड्का र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललगायतले संयुक्तरुपमा नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । खेलका माध्यमबाट जिल्ला र देशकै गौरव बढाएका खेलाडीलाई सम्मान गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । सोही अवसरमा नेपाल कराँते सङ्घ बागलुङले पनि कराँतेमा पदक विजेता नवीन र राजकुमारलाई जनही रु पाँच हजारसहित सम्मान गरेको थियो । नवीन र राजकुमार एकाघरका दुई भाइ हुनुहुन्छ । हाल काठमाडौँमा बस्दै आउनुभएका रसाइली दाजुभाइ विगत १२ वर्षदेखि कराँते खेलमा आबद्ध हुनुहुन्छ । यही वर्ष भएको आठौँ राष्ट्रिय खेलकूदमासमेत नवीनले स्वर्ण र राजकुमारले रजत पदक जित्नुभएको थियो ।
Categorized in खेलकुद