STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सञ्चारमाध्यम ‘जनताका शत्रु ः ट्रम्प

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिनुभएको छ । ट्रम्पको निर्वाचन अभियानमा रूसी साँठगाँठबारे वर्तमान् राष्ट्रपतिमाथि लागेको आरोपको छानविन गरी हालै प्रतिवेदन पेश गरेका अमेरिकी संघीय अनुसन्धान विभागका पूर्व निर्देशक रोबर्ट म्युलरको प्रतिवेदनले ट्रम्पलाई उक्त मुद्दामा दोषी नभेटिएको भन्ने निष्कर्षपछि ट्रम्पको यो भनाई आएको हो । उहाँले पत्रकारहरूले अमेरिकी निर्वाचनमा रूसी हस्तक्षेपबारे भएको अनुसन्धान रिपोर्टलाई न्यायसङ्गत रूपमा प्रस्तुत नगरेको आरोप लगाउनुभएको छ । “विश्वभर मुलधारका सञ्चारमाध्यमहरू भ्रष्ट र मिथ्या बनेकाले उनीहरूप्रति जनताको आक्रोस र घृणा प्रकट गर्ने गरेका छन्,” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमार्फत भन्नुभएको छ । “राष्ट्रपति अभियानमा रूसी साँठगाँठको मुद्दालाई विगत दुई बर्षसम्म भ्रमित गर्ने प्रयास सञ्चारमाध्यमले गरे यद्यपि उनीहरूलाई निर्वाचनमा रूससँग कुनै साँठगाँठ नरहेको जानकारी थियो ।” “उनीहरू साँच्चै जनताका शत्रु र वास्तविक प्रतिपक्ष हुन् ।”
Categorized in अन्तर्राष्ट्रिय