STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राससको ५९औँ वार्षिकोत्सव स् प्रदेश प्रमुख ‘प्यासी’ शुभकामना

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ७, बुधबार

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले राष्ट्रिय समाचार समिति रासस को ५९औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै बहुविचारको संरक्षण रासस रहेको बताउनुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रियता, स्वतन्त्रता, लोकतान्त्रिक गणतन्त्र, बालबालिका, ज्येष्ठ नागरिक, महिला एवं मानवअधिकारको रक्षाका लागि निष्पक्ष, स्वतन्त्र, तठस्थरूपमा रहन राससको क्षमता अभिवृद्धि भइरहोस् भन्नुभयो । शुभकामना सन्देशमा उहाँले सामाजिक र आर्थिक विकास, सांस्कृतिक परिवर्तन, निरङ्कुश शासन व्यवस्था, बेरोजगारी, पछौटेपन, भेदभाव, भ्रष्टाचार, कुशासनको विरुद्ध विगतदेखि वर्तमानसम्म राससले खरोरूपमा आफ्नो उपस्थिति जनाउँदै आएको सन्देशमा उल्लेख गर्नुभएको छ । सन्देशमा नेपाली जनताका मौलिक हकहरुको संरक्षण, आत्सम्मान, भाषभाषी, संस्कृति, कलाको संरक्षण गर्दै समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिको मिलनविन्दुका रूपमा रासस रहेको भनिएको छ । सन्देशमा भनिएको छ, “गणतन्त्रको पक्षमा बहुविचारको संरक्षण गर्दै नेपाली समाजको रुपान्तरण र परिवर्तनको पक्षधर सावित भएको राससले पत्रकारितालाई राष्ट्रको चौथो अङ्गका रुपमा स्थापित गरेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली बनाउने कार्यमा राससले महत्वपूण भूमिका निर्वाह गरोस् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पत्रकार तन, मन, वचन र कर्मले लाग्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”
Categorized in राष्ट्रिय