STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रजातन्त्र दिवसको अवसरमा बबरमहल विस्फोटका दोषी जेलमुक्त

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ८, बिहिबार

काठमाडौं– बबरमहल बमकाण्डका दोषी बुद्धिबहादुर गोले जेलमुक्त भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा गृहमन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद मिनाहा गरेकी हुन् । कैद मिनाहाको सु्विधा लिएपछि फागुन ७ गते दिउँसै केन्द्रीय कारागारले गोलेलाई जेलमुक्त गरेका थिए । प्रजातन्त्र दिवसको अवसरमा सरकारले वर्षेनी कैदीका सजायँ मिनाहा गरिरहेका छन् । यस वर्ष गोलेसहित ३९९ जना कैदीलाई जेलमुक्त गरिएका छन् । गोले गत २०६८ फागुन १५ गते बबरमहलमा भएको विस्फोटका दोषी हुन् । उक्त विस्फोटमा तीनजनाको ज्यान गएको थियो । घटनामा २२ वर्षीय कृष्णबहादुर तामाङ, ७० वर्षीय मनबहादुर तामाङ र वीरबहादुर तामाङको ज्यान गरेको थियो ।
Categorized in अपराध-दुर्घटना