सुनसान होली
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २६, सोमबार
सरकारको आह्वानसँगै कोरोना भाइरसको सङ्क्रमणको जोखिमले मानिस आफै सचेत भएर होली खेल्न नगएका हुन् । विगतका वर्षमा पर्यटकसमेत होलीमा रमाउने गरे पनि यसवर्ष पर्यटकसमेत होलीमा रमाएको देखिएन । भक्तपुर दरबारस्क्वायरका पर्यटन व्यवसायी पुरुषोत्तम धौभडेल यसवर्षको होलीमा पर्यटक नआएकाले पर्यटकले होली मनाएर रमाइलो गरेको नपाइएको बताउनुहुन्छ । होलीमा पर्यटकसमेत नआउँदा पर्यटन व्यवसायसमेत सुनसान बनेको उहाँ बताउनुहुन्छ । [/caption]
विगतका वर्षमा साथीहरु जमघट भएर रेष्टुरेष्टमा रमाइलो गर्दै होली खेल्ने गरे पनि यसवर्ष भने परिवारसँग घरमै घाम तापेर बसेको सूर्यविनायक नगरपालिका– ३ बालकोट नयाँ बस्तीका आशिष न्यौपाने बताउनुहुन्छ । यसवर्ष छोराछोरी पनि होलीमा कतै नगएको बताउँदै अहिले रमाइलो गर्ने भन्दा पनि सचेत हुने बेला भएको बताउनुहुन्छ ।
कलेजका साथीसँग यसवर्ष मज्जाले होली खेल्ने एक महिना अघिदेखिको योजना रद्द गरेको बताउने कोटेश्वर जडीबुटीकी सुष्मा थापाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर होली खेल्ने योजना रद्द गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ को जाँच आउनै लागेको छ, यसपाली साथीहरु सबै मिलेर रमाइलो गर्नुपर्छ भन्ने योजना थियो तर रोक्यांै, पहिला पनि होली खेलेकै हो, अर्को साल पनि खेलौला तर यसवर्ष होली खेलिएन ।”
हरेक वर्ष फागुपूर्णिमाका दिनमा सडकभरी होली खेल्ने र कराउँदै रमाइलो गर्नेको भिडभाड देखिन्थ्यो भने यसवर्ष सडकमा होली खेल्ने जमात देखिएन । विगतका वर्षमा होलीका दिन सार्वजनिक यातायात ठप्प हुने भए पनि यस वर्ष सार्वजनिक यातायात पनि चलिरहेका छन् ।
Categorized in सिनेमा


