STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्षेत्रपाटी चिकित्सालयलाई पिपिई सहयोग

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १०, बुधबार

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट बच्न क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कार्यरत चिकित्सकहरुको लागि सासा बेंक्वेटको आर्थिक सहयोगमा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) सहयोग दिइएको छ । सोनाम ब्राण्डले निर्माण गरेको २० वटा पिपिईलाई त्यही ब्राण्डका प्रमुख टासी शेर्पाले चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । वैशाख १० गते बुधबार चिकित्सालयमा आयोजिक एक कार्यक्रममा उक्त पिपिई हस्तान्तरण गरिएको थियो । गुणस्तरीय एवं धेरै परिमाणको सहयोग गरेकाले डा. श्रेष्ठले सासा बेंक्वेट एवं सोनाम ब्राण्ड परिवारलाई धन्यवाद दिएका थिए । योबाहेक चिकित्सालयको लागि अहिलेको समय अत्यावश्यक रहेको भाइजर सहयोगको निम्ति पनि डा. श्रेष्ठले सोनाम ब्राण्डलाई अनुरोध गरेका थिए । डा. श्रेष्ठको अनुरोधमा ब्राण्ड प्रमुख शेर्पाले केही दिनमै भाइजर सहयोग गरिदिने बचन दिएका थिए ।
Categorized in उपत्यका