STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लकडाउन एक साता लम्ब्याउन सिफारिस

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १४, आइतबार

काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारद्वारा गत चैत ११ देखि जारी लकडाउन अझै एक साताको लागि थप्न सिफारिस भएको छ । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय सरकारलाई दिएको छ । यसबारे आइतबार बस्ने मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोरोना भाइरस कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनकै कारण कोरोना नियन्त्रण प्रयासमा सफलता मिलिरहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो ।
Categorized in राष्ट्रिय