भारतमा रेलले किचेर १६ मजदुरकाे मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २६, शुक्रबार
एजेन्सी – भारतमा रेलले किचेर १६ जनाको ज्यान गएको छ ।
महाराष्ट्रको औरंगावादमा जना प्रवासी मजदुर रेलुमनि आएर मारिएका छन् ।
रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना भएको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जोगाउन सकेनन् ।
करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।
प्रधानन्त्रीले घटनाप्रति दुःख जताएका छन् । यसबारे उनले रेलमन्त्री पीयूष गोयलसँग कुराकानी गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय