नेकपाको स्थायी समितिको बैठक स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित गरिएको छ ।
प्राप्त जानकारी अनुसार पार्टीका माथिल्लो नेताका सुरक्षाकर्मीमा कोरोना देखिएको र अन्य नेताहरुको पनि कोरोना परीक्षण नगरिएकोले बैठक स्थगित गरिएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठक स्थगित भएको जानकारी दिएका हुन् । कोरोना संक्रमण र स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले वैठक स्थगित गर्नुपरेको उनको भनाइ छ ।
आजको बैठकमा नीति तथा कार्यक्रम, बजेट र सीमा समस्याबारे छलफल हुनेगइरहेको थियो ।
Categorized in राजनीति