STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२० जना गायक/गायिकाको संयुक्त आवाजमा नेपालभाषाको गीत

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार

काठमाडौं – नेपालभाषा संगीत क्षेत्रमा २० जना गायक/गायिकाको संयुक्त आवाजमा एउटा गीत सार्वजनिक भएको छ । नेवार फिल्म तथा संगीत क्षेका लोकप्रिय कलाकार सुरेन्द्र तुलाधरको परिकल्पना र निर्देशनमा तयार ‘जः दयाः नं छाय् खिउँसे थन’ .(प्रकाश भए पनि किन अँध्यारो यहाँ) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तुलाधरको आफ्नै युट्युबअन्तर्गत सार्वजनिक भिडियोका निर्माता सुरेन्द्र शाक्य हुन् भने यसमा गायक अमर चित्रकारको छायँकन र सम्पादन रहेको छ । तुलाधरद्वारा रचित गीतमा नील शाक्यले संगीत राखेका छन् भने यसमा अमरराज शर्मा राजोपाध्याय, जुजुकाजी रञ्जित, एन्जिला श्रेष्ठ, पवित्र कसाः, सञ्जिप प्रधान, सरिश्मा अमात्य, निशा देसार, भुपेन्द्र बज्राचार्य, दिपा महर्जन, रवि हाडा, जीवित जल्मी, लसता जोशी, नील शाक्य, राजेश महर्जन, सतिश महर्जन, सुरेन्द्र श्रेष्ठ, यमन श्रेष्ठ, सरिता शाही र रत्नशोभा महर्जनले आवाज दिएका छन् । कोरोना महामारी र लकडाउनको कारण आफ्ना सिर्जनालाई घरमै दबाउन हुँदैन भन्ने विचारका साथ यस गीतको परिकल्पना भएको तुलाधरले बताएका छन् । भुपेन्द्र वज्राचार्यको संयोजनमा सुरेन्द्र श्रेष्ठको मेलोडी स्टुडियोमा गीतलाई रेकर्ड गरिएको थियो । अत्यावश्यक शट्हरु मात्र बाहिर छायाकन गरिएको भिडियोमा हरेक गायक÷गायिकाकै घरमा पुगी छायाँकन गरिएको संगीतकार नील शाक्यले बताएका छन् ।
Categorized in सिनेमा