STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश रहेनन्

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार

काठमाडौं – सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीशको सुशीला सिंह शिलुको शुक्रबार निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा सिंहको निधन भएको हो । एक सातादेखि बिरामी परेकी ८१ वर्षीय सिंहको उपचारका क्रममा उनको निधन भएको हो । पेटमा समस्या देखिएपछि उनीलाई अस्पताल भर्ना गरिएको र पछि ब्रैनस्ट्रोक भएको जनाइएको छ । उनी महिलातर्फ पहिलो न्यायाधीश, वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक उपाध्यक्ष थिइन् । उनी २०५८ साल वैशाखदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् । त्यसपछि उनी राष्ट्रिय मानवअधिकार आयोगको सदस्य पनि भएकी थिइन् । १९९६ साल फागुन २२ गते काठमाडौंको पकनाजोलमा उनको जन्म भएको थियो । नेपालभाषा पत्रिकाका सम्पादक फत्तेबहादुर सिंहया सुपुत्री सिंह नेवार अगुवा माणिकलाल श्रेष्ठका जहान हुन् । सिंहका दुईजना छोरा छन् । सिंहले छोरीको अधिकार, महिला हक, समानता, मानवअधिकार, वैयक्तिक स्वतन्त्रतामा स्मरणीय फैसला गरेकी छन् । उनले कानुन व्यवसायका क्रममा असहाय सेवा केन्द्र स्थापना गरी पीडित महिलाको पुनस्र्थापना सहयोगमा समेत जुटेकी थिइन् । सिंहको शनिबार दिउँसो १ः३० बजे शोभाभगवतीमा दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ ।
Categorized in राष्ट्रिय