STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाबाट मृत्यु हुनेको परिवारले एक लाख रुपैयाँ पाउने

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २०, मंगलबार

काठमाडाैं - प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो । यस्तै कोरोनाबाट मृतकको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेकाे छ । दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगन्जको खजुरास्थित शुशिल कोइराला क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पताललाई शबवाहन खरिदका लागि १५ लाखका दरले रकम दिने निर्णय गरेको जनाइएकाे छ । यस्तै कोरोना कोष निर्देशिकामा परिमार्जन गरी कोरोना विशेष अस्पतालमा खटिने प्रहरीलाई खाना खर्च र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीलाई पनि भत्ताको व्यवस्था गरिएको छ ।
Categorized in राष्ट्रिय