STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरिता गिरीकाे अहम् - ‘पार्टीको कारवाही मञ्जुर तर विधेयक फिर्ता लिन्नँ’

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २९, बिहिबार

काठमाडौँ - समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सचिवालयबाट विधेयक फिर्ता लिन आग्रह गर्न नेताहरु उनकै घरमै पुगेका छन् । समाजवादी पार्टीको संसदीय दलले विधेयक फिर्ता लिन दिएको निर्देशन पत्र बुझाउन हिजो सांसद गिरीलाई पटक–पटक फोनबाट सम्पर्क गर्दा फोन उठेको थिएन । पछि गिरीको फोन नै अफ भएपछि पार्टीका नेताहरु निवासमै पुगेका हुन् । पत्र लिएर संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया पुगेका थिए । संसदीय दलमा दर्ता गराएको विधेयक फिर्ता लिनका लागि समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादवले स्वयम् सरिता गिरीलाई फोन गरेर भन्न चाहेका थिए ।  साँझ छ बजे रामसहाय यादव, उमाशंकर अरगरिया, प्रदीप यादव, रामबाबु यादवलगायतका नेताहरु गिरीको निवासमा पुगेका थिए । स्रोतका अनुसार उनीहरुले विधेयक फिर्ता लिन आग्रह गर्दा गिरीले ‘पार्टीलाई जे कारवाही गर्नुछ गरोस्, म विधेयक फिर्ता लिन्नँ’ भन्ने जवाफ दिएकी थिइन् । शुरुमा उनले त नेताहरुसँग कुरा गर्न नै मानेकी थिइनन् । तर घरमै आइसकेकालाई किन फिर्ता पठाउनु भनेर कुराकानी गरेकी थिइन् । संसदीय दलको बैठक बस्यो भने मात्र म त्यसमा आफ्ना सबै कुरा राख्ने गिरीले बताएकाे बुझिएकाे छ । संसदीय दलको बैठकबाट सरकारले प्रस्तुत गरेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको भए आफ्नो गल्ती ठहरिने तर दलले नै त्यस्तो कुनै निर्णय गरेको नगरेकोमा फिर्ता लिन निर्देशन दिन नमिल्ने सरिता गिरीले नेताहरु समक्ष कुरा राखेकी थिइन् ।
Categorized in राष्ट्रिय