STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समुदायमा संक्रमण देखिएपछि ललितपुरको लुभु क्षेत्र सिल

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार

ललितपुर– ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण देखिएपछि महालक्ष्मी नगरपालिका सिल गरिएको छ । ललितपुरमा एकजना कोरोना संक्रमितले अन्य ११ जनालाई संक्रमित बनाएपछि समुदायमा संक्रमण देखिएको हो । महालक्ष्मी नगरपालिकाको ७, ८ र ९ तीनवटा वडा रहेको लुभुलाई सिल गरिको छ । बल्खुस्थित वयोधा अस्पतालमा कार्यरत एकजना ल्याब प्राविधिकले आफ्नै घरका ९ जना र महालक्ष्मी नपा ८ वडाका वडाध्यक्षका दुईजना छोरासहित ११ जनामा संक्रमण सारेका थिए । वडाध्यक्षका दुवै छोरा डाक्टर हुन् । योसँगै ८ वडाका वडाध्यक्षलगात सम्पूर्ण परिवार होम क्वारेन्टाइनमा बसेका छन् ।
Categorized in उपत्यका