STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अत्यावश्यकबाहेक सर्वोच्चले अरू मुद्दा दर्ता र सुनुवाई नगर्ने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २३, शुक्रबार

काठमाडौं – सर्वोच्च अदालतले अत्यावश्यक मुद्दा बाहेक अरू मुद्दा दर्ता र सुनुवाई नगर्ने भएको छ । सर्वोच्चका सहप्रवक्ता देवेन्द्रराज ढकालले एक सूचना जारी गर्दै केही दिनका लागि अत्यावश्यक बाहेकका मुद्दा सुनुवाई नहुने जानकारी दिएका छन् । विभिन्न स्थानीय तहले फेरि पनि निषेधाज्ञा जारी गरिरहेको र सर्वोच्चकै एक कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अत्यावश्यक बाहेकका मुद्दामा सुनुवाई नगर्ने अदालतले बताएको हो । उक्त सूचनामा भनिएको छ, ’संक्रमणको जोखिम न्यूनीकरण र निर्धारित स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना हुनसक्ने गरी अदालतका कामकारबाही र सेवा मात्र (उदाहरणार्थ बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई , रिट निवेदनको दर्ता र सुनुवाई तथा अन्तरिम आदेश छलफल, पुनरावेदन निवेदन दर्ता, थुनुवा रहेका मुद्दा निवेदनको सुनुवाई, पुनरावलोकनको निवेदन सुनुवाई लगायतका कामकारबाहीहरू) सञ्चालन गरिने ब्यहोरा सबैको जनकारीका लागि यो सूचना जारी गरिएको छ ।’ संक्रमणको जोखिम बढेपछि सर्वोच्चले चैत ७ देखि साउन ८ गतेसम्म अत्यावश्यकबाहेकका अन्य मुद्दाको सुनुवाई रोकेको थियो। साउन ८ मा सर्वोच्चले आफ्ना कामकारबाही अब पहिलेकै अवस्थामा गर्ने भनेको थियो। एउटै जिल्लाको अदालत भएमा साउन ८ देखि ३० र बाहिरी जिल्ला जानुपर्ने भए भदौ १ गतेदेखि ३० दिनभित्र पेशी तारिख लगायतका लागि उपस्थित हुन भनिएको थियो। कोरोना संक्रमण भएपछि केही दिनका लागि अदालतले आफ्ना काम कारबाहीमा संकुचन ल्याउनुपरेको बताइएको छ।
Categorized in राजनीति