उपत्यकामा २२४ जना नयाँ संक्रमित थपिए, साेमबारमात्र ७४३ मा संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ८, सोमबार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको मन्त्रालयले जाएकाे छ।
यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना छन्।
२४ घण्टामा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १५७ जनाको मृत्यु भइसकेको छ।
Categorized in राष्ट्रिय