STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंका ४९५ सहित उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित, कुल संक्रमित ५० हजार नाघ्याे

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ४६४ जनामा संक्रमण देखिएको थियो। काठमाडौंका ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यसैगरी पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५० हजार ४६५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै ५ जनाको मृत्यु भएको छ भने याेसँगै नेपालमा कोरोनाबाट हालसम्म ३१७ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा १८ सय १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ। यो ७१ प्रतिशत हो।
Categorized in उपत्यका