एकै रात प्याजकाे मूल्यमा दोब्बर वृद्धि
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३१, बुधबार
काठमाडाैं – सोमबार मात्रै भारतले प्याजमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य रातारात दाेब्बरसम्म वृद्धि भएकाे छ ।
भारतकाे निर्यात सम्बन्धी नीतिमा परिवर्तन भएपछि भनेपालमा प्याज निर्यात राेक्का भएकाे थियाे । यसैकाे माैकामा प्याजकाे मूल्य अकासिएकाे हो ।
कालिमाटी थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा ४४ रुपैयाँले वृद्धि भएको छ । मंगलबार नेपाली बजारमा प्याजको मूल्य ६० रुपैयाँमा किनबेच भइरहेको थियो । बुधबार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी औसतमा १ सय १९ रुपैयाँ पुगेको छ ।
यो मूल्य मंगलबारको तुलनामा करिब ६० रुपैयाँ बढी हो । थोक बजारमै प्याजको मूल्य बढेर प्रतिकेजी १२० पुगेपछि खुद्रा बजारमा न्यूनतम १३० देखि १५० रुपैयाँसम्म किनबेच भइरहेको छ ।
Categorized in बिजनेस