प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध सही कदम उठाएकाले नेपालको अर्थतन्त्र सकारात्मक रहेको जनाएका छन् ।
संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा भएको विशेष कार्यक्रममा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शर्माले उक्त कुरा राखेका हुन् ।
प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध सरकारले उठाएका कदम सही भएको जनाउँदै कोरोना महामारीका कारण विश्वका अधिकांश देशका अर्थतन्त्रको सुचक नकारात्मक रहे पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
कोरोना संक्रमणका कारण विकासको गति केही सुस्त रहेको जनाउँदै ओलीले महामारीको अवस्था नरहेको भए पनि आफूले गत वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न नसकेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले लिपुलेक– लिम्पियाधुरालगायतका भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेकाले सार्वभौमसत्ताको सुरक्षाको लागि सरकारको प्रतिबद्धतालाई कार्यान्वयन गरेको पनि बताएका छन् ।
टुँडिखेलको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीलगायत विशिष्ट व्यक्तित्व तथा मन्त्रीहरुको उपस्थिति रहेको छ ।
[caption id="attachment_38559" align="alignnone" width="900"]

संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट मन्तव्य । तस्वीर : रासस[/caption]
[caption id="attachment_38558" align="alignnone" width="900"]

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाबाट सलामी ग्रहण । तस्वीर : रासस[/caption]
Categorized in राजनीति