डिजेल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ४, आइतबार
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी खण्डमा पर्ने त्रिशूलीमा डिजेल बाेकेको ट्याङ्कर खसेको छ ।
नमस्ते ग्यास उद्योग नजिकको मोडबाट डिजेल बोकेको ना४ख २८२२ नम्बरको मालबहाक ट्याङ्कर आइतबार बिहान त्रिशूलीमा खसेको हो ।
अमलेखगञ्जबाट काठमाडौं आउदै गरेको ट्याङ्कर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको छ ।
नदीमा डुबेको ट्याङ्करको माथिल्लो भाग मात्रै देखिएको र ट्याङ्करमा आगलागी भएकोले उद्धारमा कठिनाइ भएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले बताए ।
उक्त ट्याङ्करमा चालकसहित कति जना व्यक्ति सवार थिए भन्ने खुलेको छैन । उद्धारका लागि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर बोलाइएको छ ।
Categorized in अपराध-दुर्घटना