आज बस्ने भनिएकाे नेकपाको बैठक अनिश्चित
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १७, शनिबार
आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ ।
दुई अध्यक्षको सचिवालयबाट दुईथरी कुरा बाहिर आएपछि बैठक अनिश्चित भएको हो ।
शुक्रबार नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचकाे भेटपछि आज शुक्रबार दिउँसो चार बजे सचिवालय बैठक बस्ने भनिएको थियो । तर, शुक्रबार साँझ नै सचिवालयका सदस्यले बैठकबारे अनभिज्ञता प्रकट गरिरहेका थिए ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा जुगलका अनुसार शुक्रबार नेकपाको सचिवालय बैठक ४ बजे बस्ने समाचार बाहिरिएको थियो । तर, अर्का अध्यक्ष ओलीको सचिवालयले भने बैठकबारे अनभिज्ञता प्रकट गरिरहेको छ ।
नेकपा स्रोतका अनुसार अहिलेसम्म सचिवालय सदस्यलाई बैठकबारे खबर गरिएको छैन ।
Categorized in राजनीति

