साझा पार्टीको केन्द्रीय समितिमा ३७ जना थप सहितको पुनर्गठन
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन २२, बिहिबार
साझा पार्टीले गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलामा पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरे अनुसार सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ, जसमा मूलत: युवाहरू रहेका छन्।
आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको हो भने यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरी नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जाने बताइएको छ ।
साझा पार्टीको केन्द्रीय समितिमा जोडिएका नयाँ सदस्यहरुमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे रहेका छन् ।
नयाँ जोडिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन् छन् तैपनि समय दिएर अग्र पंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला लगायत विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस भईरहेको कुरा साझा पार्टीका संयाेजक रविन्द्र मिश्रले बताएका छन् भने साझा पार्टी महिला तथा समावेशी नेतृत्वलाई व्यापकरूपमा प्रवर्द्धन गर्न महिला लगायत सबै समावेशी समूहका सदस्यलाई वैकल्पिक र सुसंस्कृत राजनीतिको अभियानमा संलग्न हुन साझा पार्टीका संयाेजक मिश्र ले आह्वान गरेका छन् ।
केन्द्रीय समितिको पुनर्गठन सँगसँगै पार्टीले आफूलाई वैकल्पिक राजनीतिको गुरूत्वशक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग समेत पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु गरेकाे छ भने देशमा परिणाममुखी लोकतन्त्र, सुशासन, विकास र संवृद्धि सुनिश्चित गर्ने हो भने अब फरक धारबाट अगाडि बढेका पछिल्ला राजनीतिक प्रयत्नहरुलाई एकिकृत गर्नुपर्छ भन्ने पार्टीको ठहर रहेको कुरा पनि संयाेजक मिश्रले बताएका छन् । संयाेजक मिश्रका अनुसार नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरुको एकता आजको आवश्यकता हो भन्ने रहेको छ ।
Categorized in राजनीति

